डोटी- डोटीमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्। दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको ना ५ ख ९११४ नम्बरको बस बिहीबार बिहान करिब ३ बजे डोटीको जोरायल गाउँपालिका २ अठासीको मोडमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
घाइतेको उद्धार गरी कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए।
गम्भीर घाइतेमा दार्चुला मार्मा- १ का वर्ष ३८ का अम्मरसिंह ठगुन्ना, कञ्चनपुर बेदकोट ६ का वर्ष ३० का हरदसिंह भण्डारी, वर्ष १७ का वीरेन्द्र भण्डारी, सुर्खेतका २४ वर्षीय प्रदीप सुनार लगायत रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।