• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

उपत्यकामा देखापर्‍यो नयाँ ‘पप्पु’, दर्जनभन्दा बढी सडक अलपत्र

64x64
नेपाल लाइभ बिहीबार, भदौ २८, २०७५  ०३:२८
1140x725

काठमाडौं– निर्माण व्यवसायको क्षेत्रमा अहिले पप्पु कन्सट्रक्सन बद्नाम छ। कम बोलकबोल गरेर ठेक्का हात पार्ने तर वर्षौंसम्म कामै नगर्ने उक्त कम्पनीले देशभरका पुल निर्माणमा बदनामी कमाएको हो। पुल लगायत अन्य भौतिक संरचनाको ठेक्का लिएर वर्षौंसम्म नबनाउने, बनाए पनि कमसल सामग्री प्रयोग गर्ने र मानवीय धराप सिर्जना गर्ने आरोप पप्पुमाथि छ।

काठमाडौं/ललितपुरको सडक निर्माणमा भने यतिबेला नयाँ 'पप्पु' देखापरेको छ। चाबहिल-साँखुसहित १४ वटा सडक निर्माणको ठेक्का लिएको वर्ल्ड वाइड कन्सट्रक्सनले उपत्यकाको सडक विस्तार योजना अलपत्र पारेको छ। उपत्यकाका ढोलाहिटी–सुनाकोठी–चापागाउँ–प्याङ गाउँ–लेले–तिलेश्वर हुँदै सरस्वती कुण्ड सडक तथा नक्खु खोला–भैंसेपाटी–बुङ्मती सडक निर्माण यतिबेला अस्तव्यस्त बनेको छ।

डिभिजन सडक कार्यालय काठमाडौं १ र २ तथा काठमाडौं सडक विस्तार आयोजनाको विवरणमा सबैभन्दा बढी ठेक्का लिनेमा वर्ल्ड वाइड नै रहेको छ। ठेक्का लिएका कतिपय सडकको निर्माण अवधि सकिइसकेको छ भने कतिमा अवधि सकिनै लाग्दा पनि काम अघि बढ्न सकेको छैन। उपत्यकामा पप्पुले हात हालेका सडकको अवस्था पनि उही छ।

सडक विस्तार आयोजना र डिभिजन सडक कार्यालयले उक्त निर्माण व्यवसायी कम्पनीलाई बारम्बार ढिलाइ भएको बारे पत्राचार गरी सचेत गराउँदा पनि कम्पनीले अटेर गरिरहेको छ। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्व विजयमान श्रेष्ठ निर्माण व्यवसायी कम्पनीलाई पटकपटक पत्राचार गर्दा पनि बेवास्ता गरेको बताए। 'बारम्बार पत्र पठाएर काम चाँडो सक्न सचेत गरायौं तर सडकहरु अलपत्र परेका छन्,' उनले भने।

सार्वजनिक खरिद ऐन २०६३ को पहिलो संशोधन २०७३ ले यसरी ठेक्का लिएर काम समयमा नै सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाहीको व्यवस्था छ। संशोधित ऐन २०७३ मा पुरानो ठेक्का पूरा नगरी नयाँ लिन नपाउने प्रावधान अर्थात् नयाँ ठेक्का लिनका लागि छुट्टै स्रोतसाधन देखाउनुपर्ने उल्लेख छ। समयमा काम नगरे, तोकिएको गुणस्तर कायम नगरे एकदेखि तीन वर्षसम्म कालोसूचीमा राखी उक्त अवधिसम्म ठेक्का नपाउने व्यवस्था छ। उक्त संशोधित ऐन भौतिक योजना मन्त्रालयले कार्यान्वयनमा ल्याउन सक्छ तर हरेक वर्ष नवीकरणका लागि निर्माण कम्पनीहरु सोही मन्त्रालयमा पुग्ने गरेका छन्।

विकास निर्माणमा तपाईंहरु किन बाधक बन्नुभएको भन्ने प्रश्नमा वर्ल्ड वाइड कन्सट्रक्सनका निर्देशक रामेश्वर अधिकारी आफूले नभई अरुका कारण कारण ढिलाइ भएको तर्क गरे। मेलम्ची खानेपानी आयोजनाले बिनासम्झौता जथाभावी सडक खनेको, विद्युत प्रधिकरणले समयमा तार लगायत पोलको व्यवस्थापन नगरेको कारण आफूहरुलाई काम गर्न गाह्रो भएको उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

'नगर विकासले साइड क्लियर नगरिदिँदा धेरै झन्झट बेहोरिरहेका छौं,' निर्देशक अधिकारीले भने, 'खुट्टा बाँधेर दौडी भने जस्तो गर्नुहुन्छ, यसमा कसरी सम्भव हुन्छ?'

वर्ल्ड वाइडले सडक डिभिजन कार्यालय काठमाडौं १ सँग २०७४ कात्तिक २३ मा सूर्यविक्रम तथा एनकेसिङ मार्ग, २०७३ असार २४ मा पेप्सिप्लानिङ (पेप्सिकोला– काँडाघारी सडक), सोही मितिमा भीमसेनगोला मार्ग, २०७२ मंसिर २१ मा हात्तीगौंडा–गणेश स्कुल सडक, २०७२ माघ २० मा लाखेचौर मार्ग तथा २०७२ असोज २२ मा चाबहिल–गौरीघाट सडक निर्माणको जिम्मा लिएको थियो।

त्यसैगरी, डिभिजन सडक कार्यालय काठमाडौं २ सँग २०७३ साउन १६ मा सिर्जनशील टोल–इसान नर्सिङ होम सडक खण्ड निर्माणको जिम्मा लिएको थियो। काठमाडौं उपत्यका सडक विस्तार आयोजनासँग उक्त कम्पनीले २०७२ असोज १३ मा चाबहिल–जोरपाटी–बाग्मती–साँखु सडक, २०७४ साउन १६ मा नक्खु खोला–भैंसेपाटी–बुङ्मती सडक, २०७४ साउन १६ मा ढोलाहिटी–सुनाकोठी–चापागाउँ–प्याङ गाउँ–लेले–तिलेश्वर हुँदै सरस्वती कुण्ड सडक निर्माणको सम्झौता गरेको थियो। यो खण्डमा त निर्माण नै सुरु भएको छैन।

Xtrem

Xtrem

सम्पन्न गर्नुपर्ने मिति गुज्रिइसक्दा पनि अन्य धेरै खण्डको काम बाँकी छ।

'अदालतले विभिन्न स्थानमा भत्काउनुपर्ने घरहरु नभत्काउन स्टे अर्डर जारी गरेको छ। सडकको सीमामा विवाद आएको छ। सडकमा भएका रुखहरु समयमा व्यवस्था गरिएका छैनन्,' निर्देशक अधिकारीले भन्छन्, 'यसकारण काममा हामीलाई कठिनाइ परिरहेको हो।' 

साधारण बाधा अड्चन देखाउँदै महिनौंसम्म काम नगर्ने ठेकेदार तथा इन्जिनियरलाई कारबाही गरिने ऐनमा उल्लेख भए तापनि कार्यान्वयन फितलो  भएका कारण वर्ल्ड वाइड जस्ता निर्माण कम्पनीहरु मौलाउँदै गइरहेका छन्। विकास निर्माण अवरुद्ध बनिरहेको छ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०७५  ०३:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वर्षा भएसँगै जोखिमयुक्त क्षेत्र र विद्यालयहरूमा काठमाडौं महानगरको निगरानी तीव्र
हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने
खोला तर्ने क्रममा यात्रुबाहक बस बीचमै रोकियो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
वर्षा भएसँगै जोखिमयुक्त क्षेत्र र विद्यालयहरूमा काठमाडौं महानगरको निगरानी तीव्र बिहीबार, असोज ८, २०८३
हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने बिहीबार, असोज ८, २०८३
खोला तर्ने क्रममा यात्रुबाहक बस बीचमै रोकियो बिहीबार, असोज ८, २०८३
जेनजीको मुद्दा समाधान गर्न ढिला भयो, सरकार गम्भीर हुनुपर्‍यो : कुँवर बिहीबार, असोज ८, २०८३
हवाई उद्धारमा कानुनी जटिलता देखिएपछि सांसद महताले भने– कानुन ठूलो कि नागरिकको जीवन? बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्