काठमाडौं- भक्तपुरको नगरकोटमा शुक्रबारदेखि जिपलाइन सञ्चालनमा आएको छ।
चाँगुनारायण नगरपालिका-६ र ७ मा फैलिएको २ हजार २५० मिटर लामो जिपलाइन शुक्रबारदेखि सञ्चालनमा आएको हो।
-1702629763.jpg?timestamp=1702629779364)
उक्त जिपलाइन नेपालकै लामो रहेको दाबी गरिएको छ।
पर्यटनमन्त्री सुदन किराँतीले उद्घाटन गर्दै नगरकोटमा जिपलाइन सञ्चालनमा आएसँगै यसले नेपालको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने बताए।
-1702629763.jpg?timestamp=1702629791796)
नगरकोटमा केदार थापा, प्रेम बहादुर बस्नेत लगायतको समूहले उक्त जिपलाइन सञ्चालन गरेका हुन्।
-1702629765.jpg?timestamp=1702629808606)
नेपालमा आउने पर्यटकहरूमध्ये ९० प्रतिशत नगरकोट आउने भएकाले उनीहरूलाई लक्षित गरी जिपलाइन सञ्चालनमा ल्याइएको थापाले बताए।
-1702629765.jpg?timestamp=1702629823686)
जिपलाइन बनाउन करिब १५ करोड रूपैयाँ खर्च भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।