• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

के हो डायबिटिज ? जोगिन के गर्ने ?

64x64
नेपाल लाइभ बिहीबार, भदौ २८, २०७५  ००:४१
1140x725
Ncell 2
Ncell 2
nimb
nimb
Xtrem
Xtrem

निष्क्रिय जीवनशैली र अव्यवस्थित खानपानका कारण शरीरमा सुगरको मात्रा बढ्छ । जसले शरीरका अन्य अंगलाई प्रभावित पारी विभिन्न समस्या निम्त्याउँछ ।  दक्षिण एशियाका नागरिकहरू डायबिटिजको उच्च जोखिममा रहेको विभिन्न अध्ययनले देखाइसकेका छन् । त्यसैले यसबाट नेपाली पनि अछुतो रहने कुरै भएन । विशेषगरी पछिल्लो समय बढ्दो शहरीकरण र व्यस्तताले नेपालीलाई पनि यो समस्याले गाँज्दै लगेको देखिन्छ । यसैसन्दर्भमा हामीले वीर अस्पतालको डायबिटिज तथा इन्डोक्राइनोलोजी युनिटका डाक्टरहरूलाई सोध्यौं– नेपालमा डायबिटिजको अवस्था कस्तो छ ? यसको कारण र न्युनिकरणका उपाय के हुन् ? युनिटमा कार्यरत डाक्टरहरू डा. मनिल बज्राचार्य, डा. बुद्ध कार्की, डा. अलर्क देवकोटा ‘रजोरिया’ र डा. दीपक मल्लसँग कुराकानी गरी तयार पारिएको सामग्री ।

के हो डायबिटिज ?

डायबिटिजलाई टाइप वान र टाइप टु गरी दुई प्रकारमा विभाजन गर्न सकिन्छ । टाईप वान इन्सुलिन हर्मोनको अत्यधिक कमीले हुने समस्या हो । टाइप टुमा इन्सुलिनको कमीका साथै त्यसले प्रभावकारी रुपमा काम गर्न नसक्ने हुन्छ । यी दुवै कारणले डायबिटिजको समस्या भइरहेको हुन्छ । अहिले धेरै देखिने गरेको डायबिटिज टाइप टु हो । यो जीवनशैलीका कारण हुने गर्छ ।

इन्सुलिनले शरीरमा रगतमा चिनीको मात्रा नियन्त्रण गर्दछ । यो प्याङ्क्रियाज भन्ने ग्रन्थीबाट उत्पादन हुन्छ । टाइप वानको समस्यामा हर्मोन नै उत्पादन हुँदैन भने टाईप टु मा भने हर्मोन उत्पादन भएपनि त्यसले काम गर्न नसक्ने समस्या देखापर्छ । यी दुवै समस्याले रगतमा सुगरको मात्रा बढ्छ ।

टाईप वान वंशााणुगत हो । कतिपयलाई बाल्यावस्थामा देखा पर्छ । कतिपय किशोर र युवाहरूमा पनि यस्तो समस्या देखिन्छ । कतिपयले भने भाइरस इन्फेक्सनका कारण पनि टाइप वान डायबिटिज देखा पर्ने बताउँछन् । उपचारको दृष्टिकोणबाट हेर्दा टाईप वान कठिन हुन्छ । किनकि बिरामीलाई सामान्य अवस्थामा राख्न नियमित रुपमा इन्सुलिन दिनुपर्ने हुन्छ । यसमा बिरामीलाई इन्सुलिनले नै बचाउने हो ।

दोस्रो प्रकारको डायबिटीज भने मानिसको जीवनशैलीका कारण देखा पर्ने हुन्छ । मोटोपन बढ्यो भने डायबिटिज हुने जोखिम उच्च हुन्छ । किनकि इन्सुलिनले सुगरलाई मानिसको शरीरको कोषभित्र पठाउने काम गर्छ । तर मोटो मानिसको शरीरमा इन्सुलिनले राम्रोसँग काम गर्न नसक्दा रगतमा सुगरको मात्रा बढ्ने हुन्छ । त्यसैले मोटोपन हुनु डायबिटिजको जोखिम बढाउनु हो ।

नेपाली किन उच्च जोखिममा  ?

दक्षिण एसियामा नै डायबिटिजलाई साझा समस्याको रुपमा हेरिएको छ । किनभने यो क्षेत्रका मानिसहरूको शारीरिक संरचना र अन्य कारणले डायबिटिजको समस्या दिन प्रतिदिन बढिरहेको देख्न सकिन्छ । बेलायतमा केही समय अघि गरिएको एक अध्ययनले स्थानीय नागरिकभन्दा दक्षिण एशियाली मुलका मानिसमा डायबिटिज लाग्ने सम्भावना ६ गुणा बढी भएको देखाएको थियो।  

हाम्रो खानामा कार्बोहाइड्रेटको प्रयोग बढी छ । मानिसको जीवनशैली पनि पहिलेको तुलनामा विलासी हुँदै गएको छ । अत्यधिक सुविधाका कारण मानिसहरूले शारीरिक परिश्रम पनि कम गरिरहेका छन् । यसले मोटोपनको समस्या निम्त्याएको छ । फलस्वरुप अन्यत्रको तुलनामा नेपाल लगायतका दक्षिण एसियाली मुलुकहरूमा नै डायबिटिजको जोखिम बढिरहेको हो । अन्यत्र ५०/६० वर्षको उमेरपछि मात्रै डायबिटिज देखिने गर्छ भने नेपालमा भने ४०/४५ वर्षको उमेरमा नै यसको समस्या देखा परिरहेको छ । अर्कोतर डायबिटिजका कारण हुने अन्य रोगहरूको समस्या पनि हामीकहाँ जटिल रुपमा देखा परिहरेको छ । अचम्म त के छ भने नेपाली मूलका व्यक्तिहरू अन्यत्र बसाई सर्दा पनि अरुको तुलनामा नेपालीलाई छिटो डायबिटिज देखा पर्ने गरेको छ ।

औसतमा हेर्दा उचाई कम तर मोटाउने क्रम ज्यादा भएकाले नेपालीहरू डायबिटिजका दृष्टिकोणले जोखिमपूर्ण अवस्थामा छन् । चिकित्सकीय भाषामा ‘मेटाबोलिक सिण्ड्रोम’ भनिने यस्तो लक्षण नेपालमा देखा परिरहेको छ । हामीकहाँ यसो तुलना गरेर हेर्ने हो भने नयाँ प्रवृति देखा परेको छ । अध्ययन सकेर मानिसले नियमित रुपमा आफ्नो जागिर सुरु गर्नासाथ पेट पुक्क हुन सुरु भइहाल्छ । त्यही चरणबाट नै डायबिटिजको जोखिम सुरु हुने हो ।

डायबिटिजका विभिन्न जटिलताहरू हुन्छन् । डायबिटिज भए त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर सोच्नु नै बुद्धिमानी हो । डायबिटिजको समस्या देखिएमा १० वर्ष र १५ वर्षसम्म पनि कस्तो असर हुन्छ भनेर अध्ययन गरिन्छ । मुख्य रुपमा डायबिटिज भइसकेपछि आँखा, मुटु, खुट्टा, नशा र मिर्गाैलामा आघात पर्न सक्छ । डायबिटिज नियन्त्रणमा आउन सकेन भने दीर्घकालिन रुपमा त्यसले यी अंगलाई निकै असर गर्नसक्ने भएकाले अहिल्यै यसबारे सचेतता अपनाउन जरुरी हुन्छ ।

डायबिटिजका लक्षणहरू

डायबिटिज भएपछि मुख सुक्ने, प्यास लाग्ने, राति पिसाब लाग्ने लगायतका लक्षण देखा पर्छन् । सुत्ने समयमा ज्यादा पिसाब लाग्छ भने मानिसहरू दुब्लाउदै जाने हुन्छ । यस्ता लक्षण देखिएमा सबैभन्दा पहिले डाक्टरमा जानुपर्छ । रगतमा सुगरको मात्रा परीक्षण गर्न‘पर्छ । रगत परीक्षणमा सुगर देखियो भने अरु परिक्षण शुरु गर्नुपर्छ ।

तर, डायबिटिजले पार्ने असर र देखिने लक्षण सबैमा एकनासको हुँदैन । कतिपयमा मिर्गौलामा खराबी आएपछि मात्रै डायबिटिज देखिन्छ  । डाइबिटिजले पारेका असरका कारण रोगको पहिचान भएपछि बल्ल डायबिटिजको लक्षण देखिने पनि हुनसक्छ । डायबिटिजले शरिरका अंगहरूलाई गम्भीर आघात पारेपछि बल्ल त्यसको पहिचान भएका अवस्थाहरू पनि छन् ।

खुट्टामा देखिएको घाउ लामो समय निको नहुँदा डाक्टरले रगत जाँच्न पठाएपछि डायबिटिज भएको पत्ता लागेका धेरै घटनाहरू छन् । डायबिटिज भनेको रगतमा सुगरको मात्रा बढ्नु मात्रै होइन, यसले अरु समस्याहरू पनि निम्त्याउन सक्छ भनेर आम मानिसलाई सचेत गराउन जरुरी छ । कसैलाई नियमित रुपमा खुट्टा झमझमाउँछ भने सुगर चेक गर्नुपर्छ भनेर आम मानिसलाई ज्ञान हुन जरुरी छ । आँखामा समस्या भएमा वा शरीर अचानक दुब्लाउदै गएमा पनि चेक गर्नु आवश्यक हुन्छ ।

सानै उमेरदेखि उच्च रक्तचाप देखिएको छ भनेपनि रगतमा सुगर परीक्षण गर्नुपर्छ । शरीरको तौल घट्ने, प्यास लाग्ने, अस्वाभाविक रुपमा भोक लाग्ने, पिसाब बढी लाग्ने भएमा रगतमा सुगरको मात्रा परीक्षण गर्न आवश्यक हुन्छ । सबै लक्षण सबै मानिसमा हुदैन र कतिपयमा विना लक्षण पनि डायबिटिज हुन सक्छ । हामीले नेपालमा जति मानिसहरू डायबिटिज भएको छ भनेर अनुमान गछौं, त्यति नै संख्यामा डायबिटिज भएको तर त्यसको पहिचान हुन नसकेकाहरू छन् । समयमै नियन्त्रण गर्न सकिएन भने यसले भयावह स्थिति नै ल्याउने खतरा रहन्छ ।

डायबिटिज हुने कारणहरू

सानै उमेरका बालबालिकादेखि नै आवश्यक भन्दा बढी मोटाउने समस्या देखिएको छ । अर्कोतर्फ शाररिक परिश्रम कम छ । बालबालिकाहरू घरको कोठामै टिभी हेर्छन् । बाहिर खेल्दैनन् वा खेल्ने अवस्था पनि छैन । खेतमा उत्पादन भएका अन्नहरू कारखानामा प्रशोधन भएर आइपुग्छन् ।

मानिसहरू दबाब र तनावमा काम गरिरहेका हुन्छन् । तनावका कारण स्ट्रेस हर्मोनले डायबिटिजको सम्भावना बढाउँछ । मानिसलाई आराम हुँदैन भने सधै दौडधुपमा काम गरिरहेका हुन्छन् । तनावले मोटोपना बढाउँछ भने जसले गर्दा डायबिटिजको सम्भावना हुन्छ । मानिसले तारेको चिल्लो खाने, चुरोट खाने लगायतका कारण समस्या देखिएको छ ।

डायबिटिजको अर्काे कारण शहरीकरण पनि हो । बाटोघाटोको विस्तार, शहरीकरण, यातायात लगायतका कारणले हरेक गाउँमा चाउचाउ लगायतका प्रशोधित खाद्य पदार्थ पुगिसकेका छन् । अल्छीपना र व्यस्तताले मानिसहरूले गाउघरमै उत्पादित भन्दापनि यस्तै खालका प्रशोधित खाद्यान्न प्रयोग गर्न रुचाउँछन् । जो पहिले शहरमा बसिरहेका थिए ती भन्दा पनि गाउँमा बसेर पछि शहरमा बसाई सरेकाहरूमा यस्तो समस्या देखिएको छ । शहरीकरणले छोएका काठमाडौं वरपरका बासिन्दाहरू जो पहिले अन्यन्त परिश्रम गर्थे तर अहिले आरामका साथ जीवनयापन गरिरहेका छन् । उनीहरूमा पनि डायविटिजको समस्या बढी देखा परिरहेको छ ।

धनीलाई मात्रै भनिने डायबिटिज अब अन्य वर्गमा पनि प्रवेश गरिरहेको छ । बैदेशिक रोजगारीमा जानेहरूमा पनि ज्यादा समस्या छ । उता जानासाथ यहाँको वातावरण फेरिन्छ । अनि मिठो र स्वादिष्ठ खानामा विचार नगरी आवश्यकभन्दा बढी खानाले डायबिटिजको शिकार भइरहेका छन् । यी विषयमा उनीहरूलाई सचेत बनाउन जरुरी छ । सन्तुलित आहार लिने र नियमित व्यायाम गर्नु उपयुक्त हुन्छ ।

डायबिटिज हुन नदिन के गर्ने ?

खासगरी शहरी क्षेत्रमा जसको घरका सदस्यमा डाइबिटिजको समस्या छ, उनीहरूले स्वास्थ्य शिविर हँुदा वा अन्य मौकामा नियमित परीक्षण पनि गराइरहेका छन् भने कतिपयले भने समस्या देखिएपछि मात्रै परीक्षण गर्ने भएकले समस्या उस्तै छ । पक्कै पनि पहिलेको भन्दा सचेतना अपनाउने हिसाबले नियमित परीक्षण गर्नेहरू बढेका छन् । तर, पनि धेरैले समस्या देखिएपछि मात्रै आउँछन् ।

बंशाणुगत जोखिम पनि उच्च हुन्छ । परिवारमा बाबुआमालाई डायबिटिज भइसकेको छ भने सन्तान पनि उच्च जोखिममा हुन्छन् । बाबु आमालाई भयो भन्दैमा सन्तानलाई पनि डायबिटिज हुन्छ भन्ने होइन तर अहिलेको जीवनशैलीका कारण हामी उच्च जोखिममा छौं । अरु जोखिम बढेपछि उसलाई सहजै डायबिटिजले आक्रमण गर्न सक्छ ।

त्यस्तो जोखिममा भएका मानिसहरूले अरु सतर्कता बढाउन आवश्यक छ । उदाहरणका लागि तौल नियमित राख्न सचेत हुने, शारीरिक क्रियाकलाप बढाइरहने, नियमित स्वास्थ्य परीक्षण गर्ने आदि । यति सावधानी अपनाउँदा पनि उसलाई डायबिटिज भएमा उसलाई बेलैमा थाहा हुन्छ र नियन्त्रिण गर्न सजिलो पर्छ । सामान्य अवस्थाकै मानिसले हरेक ३ वर्षमा नियमित स्वास्थ्य परीक्षण गर्नु उपयुक्त हो भने जोखिममा रहेकाहरूले १÷१ वर्षमा गर्नुपर्छ । प्रि–डायविटिज भएका मानिसहरूलाई हामीले शारीरिक परिश्रम बढाउन, सन्तुलित आहार् खान सल्लाह दिइरहेका हुन्छौं । पहिलेदेखि नै सचेतना अपनाए उसलाई पछि डायबिटिज नहुन पनि सक्छ । पहिले नै ध्यान दिइयो भने डायबिटिज हुने जोखिमलाई निकै हदसम्म नियन्त्रण गर्न सकिन्छ ।
 
डायबिटिजबाट जोगिन के गर्ने ?

टाइप २ भएकाले उचाइ अनुसारको तौलमा ध्यान दिनुपर्छ । खानेकुरामा सलाद ज्यादा खाने, सागपात खाने, खानापछि हिड्ने गर्नुपर्छ । डायबिटिज हुनासाथ जीवनशैलीलाई परिवर्तन गर्नुपर्छ । शारीरिक परिश्रम बढाउनुपर्छ आराम घटाउनुपर्छ ।

चिकित्सकले सिफारिस गरेमा नियमित औषधि लिनुपर्छ । एकपटक देखिएर नियन्त्रण भएकाहरूमा भने सुगर मात्र नियन्त्रण नगरी युरिक एसिड, लिभर लगायतका नियमित परीक्षण गर्नुपर्छ । डायबिटिज भएपछि सुगर मात्रै नियन्त्रण नभई अरु पक्षबारे पनि नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । नियन्त्रणमा आएपछि पनि उसले नियमित रुपमा स्वास्थ्यमा सचेतना अपनाउनुपर्छ ।

डायबिटिज देखिएको सुरुको ४–५ वर्ष त्यसलाई नियमित नियन्त्रणमा राख्न सकियो भने शरीरका अंगहरूमा गर्ने असरको दर कम हुन्छ । डायबिटिज भएकोमा सबैजसोमा ब्लड प्रेसरको समस्या देखिन्छ । उच्च रक्तचाप देखिएका र ४० वर्ष उमेर पुगिसकेकाहरूले पनि डायबिटिज भएकाले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । परिवारमा सुगरको हिस्ट्रि छ भने त्यस्ता व्यक्तिले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ ।

डायबिटिज र प्रेसर दुवैले किड्नीमा असर गर्न सक्ने भएकाले स्वास्थ्यमा ध्यान दिनुपर्छ । डायबिटिजलाई मुटुरोगको ठूलो जोखिम पनि मानिन्छ । एकपटक हर्ट एट्याक भएकालाई फेरि हुने जति जोखिम हुन्छ त्यति नै डायबिटिज भएकालाई पनि जोखिम रहन्छ ।

नेपालमा स्वास्थ्य बीमाको नीति कमजोर भएका कारण पनि डायबिटिजले आक्रमण गरेपछि मात्रै यसको पहिचान हुन्छ । अन्यथा स्वास्थ्य बीमा भएको भए नियमित स्वास्थ्य परीक्षणका क्रममा यस्ता कुरा समयमै थाहा हुन्थ्यो । जोखिम नै नभएको र आफू स्वस्थ्य छु भन्ठान्नेले पनि नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । विद्यालय तहमा पनि यसबारे सचेतनाका विषय राखिनुपर्छ र स्वास्थ्य चौकीसम्म पनि यस्ता विषयमा सचेतना फैलाउन आवश्यक पर्छ ।

सरकारले तयारी खाद्य पदार्थ र गुलियो रहेको खाद्य पदार्थमा कर लगाउने हो भने पनि नीतिगत तहमा केही सहयोग हुने देखिन्छ । विद्यालय क्षेत्रको निश्चित भागमा जंक फुडलाई रोक लगाउनु पनि अर्को उपाय हो ।

अर्कोतफ हामी नियमित रुपमा गुलियो खाइरहेका हुन्थ्यौं । हाम्रो शरीरका लागि यो आवश्यक छैन । नखाँदा पनि फरक पर्दैन । नेपालमा छिटो र सस्तो हुने भएकाले जंकफुड बढिरहेको छ । यसलाई रोक्नुपर्छ । चुरोट नखानेको दाँजोमा चुरोट खानेलाई डायबिटिजको जोखिम ज्यादा हुन्छ । डायबिटिज भइसकेकाहरूलाई आर्थिक भार पनि निकै छ । यस्ता बिरामीलाई सरकारले पनि सहुलियतमा औषधि दिने लगायतका काम गर्नुपर्छ ।

डायबिटिज भइसकेपछिका समस्या अनेक छन् । सुगरका कारण हुने अरु शारीरिक समस्याहरूले उपचार खर्च महंगो बनाइदिन्छ । डायबिटिजको संक्रमण भइसकेपछि मानिसको कार्यक्षमतामा पनि ह्रास आउने खतरा रहन्छ । त्यसैले डायबिटिज हुनुभन्दा पहिले हुनै नदिनु बुद्धिमानी हुन्छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०७५  ००:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वर्षा भएसँगै जोखिमयुक्त क्षेत्र र विद्यालयहरूमा काठमाडौं महानगरको निगरानी तीव्र
हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने
खोला तर्ने क्रममा यात्रुबाहक बस बीचमै रोकियो
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
वर्षा भएसँगै जोखिमयुक्त क्षेत्र र विद्यालयहरूमा काठमाडौं महानगरको निगरानी तीव्र बिहीबार, असोज ८, २०८३
हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने बिहीबार, असोज ८, २०८३
खोला तर्ने क्रममा यात्रुबाहक बस बीचमै रोकियो बिहीबार, असोज ८, २०८३
जेनजीको मुद्दा समाधान गर्न ढिला भयो, सरकार गम्भीर हुनुपर्‍यो : कुँवर बिहीबार, असोज ८, २०८३
हवाई उद्धारमा कानुनी जटिलता देखिएपछि सांसद महताले भने– कानुन ठूलो कि नागरिकको जीवन? बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्