• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सरकार, निर्मलाका बाआमालाई जवाफ देऊ

64x64
नेपाल लाइभ बुधबार, भदौ २७, २०७५  ०६:३१
1140x725

जाने–बुझेको कुरा यत्ति हो कि, न्याय अधिकार हो। सबैको अधिकार। तर निर्मला हत्याकाण्डको ४८ दिनसम्म भइसक्दा पनि अनुसन्धान शून्यमा आइपुग्नु भनेको न्यायिक अधिकारप्रतिको अपमान हो।

एउटा निहत्था बालिकाको बलात्कारपछि हत्या भयो। अनुसन्धान चित्तबुझ्दो ढंगमा अघि बढेन। स्थानीयवासी आन्दोलित भए। एक आन्दोलनकारीको ज्यान गयो। कतिपय घाइते भए। घाइते अझै अस्पतालमा छन्। न्याय प्राप्तीका लागि यतिसम्मको सकस लोकतान्त्रिक राज्यमा उदेकलाग्दो कुरा हो।

कञ्चनपुरका तत्कालीन जिल्ला प्रशासन प्रमुख र प्रहरी अगुवा परिवर्तन भए। नयाँ गए। छानविन समिति पनि बनाइयो। तर अनुसन्धानले कुनै निष्कर्ष निकालेन। बरु अनुसन्धानमै सहभागी एक सरकारी अधिकृतले आफ्नो ज्यानको सुरक्षा नभएको भन्दै समितिबाट राजीनामा घोषणा गरे। उनले अनुसन्धान सही गति र दिशामा नभएको संकेत गरे। साथै, केसीले 'घटनाको छानविनको क्रममा सत्य तथ्य र मुख्य अपराधी पत्ता लगाउन लागीपर्ने अठोटसँगै क्रियाशील रहँदा म र मेरा परिवारलाई शक्तिशाली अपराधीबाट मलाई जुनसुकै समयमा पनि हत्या गर्न सक्ने सम्भावना रहेकाले' जीवन रक्षाको माग समेत गरेका छन्।

उनी सही छन् भने यो घटनामा उच्च तहका र शक्तिशाली पदाधिकारीमाथि शंकाको कम्पास तेर्सिन्छ। आजसम्म घटनाको सत्यतथ्य पत्ता नलाग्नु, सुरुका दिनमै प्रमाण नष्ट गर्ने प्रयास हुनु र प्रहरीले स्थानीयबासीकै निम्ति पनि अविश्वसनीय व्यक्तिहरुलाई अभियुक्तका रुपमा उभ्याउनुले पनि केसीको तर्कलाई थप बल दिएको छ। अनुसन्धान प्रक्रियाको त्रुटी र यो प्रक्रियामा न्याय विथोल्न आइपुग्ने कुनियतका लागि यो भन्दा स्पष्ट प्रमाण के हुन सक्छ?

ती अधिकृतले कुनै रहर वा सनकले राजीनामा गरेका होइनन्। आफ्नो विवेक र ब्रम्हलाई साक्षी राखेर उनले आफ्नो असन्तुष्टि सतहमा ल्याएका हुन् भने यसले हाम्रो प्रहरी प्रशासन र छानविन प्रक्रियाप्रति अहम् प्रश्न उठाएको छ। यो प्रश्नको निरुपण कसले गर्ने? जवाफ स्पष्ट छ, सरकारका प्रधानमन्त्री र सरोकारवाला मन्त्रालयका मन्त्रीले।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसो त कञ्चनपुर घटनामा निर्दोषहरुलाई फसाउने चालबाजीका पटाक्षेपहरु बिस्कुन बने। प्रहरीले मूख्य आरोपी भनेका दिलिपसिंह विष्ट जैविक परीक्षणपछि छुटे। प्रहरीले बिष्टमाथि किटानी जाहेरी दिन परिवारलाई दबाब दिएको थियो। उनले अपराध स्वीकार गरेको बताएको थियो। तर, कसैले पत्याएनन्। बरु, प्रहरीलाई बिष्ट दोषी होइनन् भन्ने निष्कर्षमा पुग्न एकजनाले ज्यान गुमाउनुपर्‍यो। अहिले भइरहेको अनुसन्धानको यथार्थतामाथि यस्तै घटनाहरुले प्रश्न उठाउँछन्। मानसिक र शारीरिक रुपमा अशक्तहरुलाई नियन्त्रमा लिएर जसरी प्रहरीले यो प्रकरणलाई निम्ट्याउन खोज्यो, त्यसको लेखाजोखा हुनु पर्दैन?

वास्तविक दोषीलाई लुकाउन र नक्कली दोषी खडा गर्न अपराधका प्रमाणप्रति हेलचक्र्याँइ भएको हो भन्ने पनि प्रष्ट भइसक्यो। अब त्यसका दोषीलाई अनुसन्धानको दायरामा ल्याउनु पर्दैन? पर्छ। सरकारले घटनाको संवेदनशिलता बुझेर तत्कालै अनुसन्धानमा त्रुटी गर्नेहरुमाथि नै अनुसन्धान सुरु गरोस्। अझै, उनीहरुबाटै अनुसन्धान सुरु गरोस्। प्रधानमन्त्री र गृहमन्त्रीले यसमा चासो देखाइहालुन्।

निर्मला पन्तका बाआमा न्याय खोज्न भन्दै कञ्चनपुरबाट केन्द्रीय राजधानी आएका छन्। मानवअधिकार आयोग, गृहमन्त्री र प्रधानमन्त्रीसँग उनीहरुले केही प्रश्न लिएर आएका छन्। ‘हाम्री छोरीको बलात्कारी र हत्यारा खै?’ ४८ दिनमा जन्मेका अनेक प्रश्नहरुमध्ये मूल प्रश्न यही हो। निर्मलाका बाआमाको हृदयमा कुँदिएको गरुँङ्गो प्रश्न। यो प्रश्नको जवाफ अरु कसैले दिन सक्दैन, बाहेक अनुसन्धान प्रक्रिया। त्यसैले अनुसन्धानमा जहाँ जहाँ त्रुटी भएको हो त्यहाँ त्यहाँ सच्याइन जरुरी छ। त्यसका लागि प्रधानमन्त्री र गृहमन्त्री मौन बसेर हुन्न, सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनु पर्‍यो। त्यसका लागि उच्चस्तरीय संयन्त्र जरुरी छ भने त्यो पनि बनाउनु पर्यो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

स्थिति यतिसम्म जटिल छ कि अनुसन्धानकर्मीकै पनि अनुसन्धान गर्नुपर्ने अवस्था देखिएको छ। तर जति नै जटिलतम् अवस्था भए पनि प्रहरी प्रशासनको दायित्व भने निर्मलाको वास्तविक बलात्कारी र हत्यारा पत्ता लगाउनु हो। यसमा कुनै शक्ति र स्वार्थको चलखेल हुनु भनेको समग्र न्याय प्रक्रियाप्रतिको बर्खिलाप हो। जनभावनाप्रतिको अपमान हो। हामी कानुनी राज्यमा छैनौं भन्ने पुष्टि हुनु हो।

न्यायको मर्म स्थापित गर्न सरोकारवाला निकाय सबैले कुनै कसर नराख्ने हो भने निर्मला प्रकरणको वास्तविक अपराधी टुंगो लाग्नेछ। त्यसैले सरकार र गृहमन्त्रालय यसमा मुकदर्शक बन्नु भएन। चाँडो भन्दा चाँडो न्यायको प्रश्न लिएर आएका निर्मलाका बाआमालाई जवाफ देऊ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०७५  ०६:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी
विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी बुधबार, असोज २८, २०८३
विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा बुधबार, असोज २८, २०८३
बेली ब्रिज नबन्दा तुइनबाट दशैँको यात्रा (तस्बिरहरू) बुधबार, असोज २८, २०८३
१०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासमा सरकारको साढे ६ अर्बभन्दा बढी लगानी बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्