काठमाडौं– चलचित्र ‘चिट्ठी’को पहिलो गीत ‘टुटेको तारा’ सार्वजनिक भएको छ। माधबराज खरेलको लेखन र निर्देशन रहेको चलचित्रमा गायक शिव परियारको स्वर, डा. कृष्णहरि बरालको शब्द रहेको छ।
गीतलाई सञ्चारकर्मी समेत रहेका गायक तथा संगीतकार सरोज कोइरालाले संगीत भरेका छन्। गीतलाई ओएस्आर डिजिटल च्यानलबाट सार्वजानिक गरिएको छ।
कमेडी जनारामा बनेको चलचित्र ‘चिट्ठी’को केन्द्रीय भूमिकामा सञ्जित भण्डारी, खड्ग बहादुर पुन मगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, मुस्कान लामा, कञ्चन चालिसे, प्रवण भुषाल, श्रीदेव भट्टराई लगायतका रहेका छन् भने नम्रता खरेल, रश्मी भट्ट, मोहन निरौला, शान्तिप्रिय, राजन थापा, डेविल सिंह राजपुत, प्रल्हाद खरेल, उद्धव भट्टराई, समिर लामा, पुर्ण राई, पुरुषोत्तम सानु लगायत कलाकारहरुको अभिनय रहेको छ।
चलचित्रलाई जीवन पराजुली र राजन खरेल खिचेका हुन् भने सम्पादन माधब खरेल र अच्यूत बजगाईले गरेका छन्।
चलचित्रलाई संचारकर्मी कमला जोशीले निर्माण गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।