हैदराबाद- भारतको तेलंगना राज्यस्थित जगतियाल जिल्लामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ।
यात्रुले खचाखच भरिएको राज्य सञ्चालित एउटा बस गहिरो खोचमा खस्दा सो दुर्घटना भएको हो। मृत्यु हुनेमा ७ बालबालिका छन्। उक्त बसमा ५० भन्दा बढी यात्रु सवार रहेको पनि प्रहरीले जनाएको छ।
मृत्यु भएकामा अधिकांश महिला छन्। घाइतेहरुलाई उद्धार गरी स्थानीय जगतियालको अस्पतालमा भर्ना गरिएको छ।
बस कोन्डागाटु अन्जनेया स्वामी मन्दिरबाट तीर्थयात्रु लिएर फर्कंदै थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।