• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २३, २०८३ Sat, Jun 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जात व्यवस्था र यौनिकताको विषयमा चित्रकला प्रदर्शनी हुँदै 

64x64
नेपाल लाइभ आइतबार, मंसिर १०, २०८०  १५:५२
1140x725

काठमाडौं– सामरी उत्थान सेवा र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा काठमाडौँमा एक साता चित्रकला प्रदर्शनी हुने भएको छ।

‘जात व्यवस्था र यौनिकता : कलामार्फत प्रतिरोध’ शीर्षकमा मङ्सिर १४ गतेदेखि २० गतेसम्म नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको प्रदर्शनी कक्षमा हुने उक्त प्रदर्शनीमा देशभरबाट दलित समुदायका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीबीटीआईक्यू) कलाकारहरूसहित ३८ कलाकारहरूका चित्रकला प्रदर्शन हुनेछन्।

नेपालको एलजीबीटीआईक्यू समुदायको आन्दोलनमा मात्र होइन दलित आन्दोलनभित्र समेत जात, लिङ्ग र यौनिकताका विषयमा प्रयाप्त बहस हुन सकिरहेको छैन।

यो चित्रकला प्रदर्शनीले दलित आन्दोलन र एलजीबीटीआईक्यू समुदायको आन्दोलनभित्रजातका आधारमा दलित एलजीबीटीआईक्यू व्यक्तिहरूले भोग्नु परेको बहिष्करण रविभेदविरुद्ध आम बहसको वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ। आयोजक संस्थासामरी उत्थान सेवाका कार्यकारी निर्देशक विमला गायकले भनिन्, ‘प्रदर्शनीलेदलित समुदायका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूको कला र क्षमताको मात्रैउजागर गर्ने छैन। बरु, उनीहरूबिचअधिकारका लागि सङ्गठित पहल गर्नका लागि समेत प्रेरणा दिने छ।’

नेपालका अधिकांश सामाजिक आन्दोलनहरू सफल हुन नसक्नुमा यस्ता आन्दोलनभित्रको आन्तरिकसमावेशीकरण र आन्दोलनको प्रवृत्ति अलोकतान्त्रिक हुनुलाई मुख्य समस्याका रूपमा लिने गरिन्छ।  दुई दशकभन्दा लामो नेपालको लैङ्गिक तथा यौनिक अल्पसंखयक समुदायको आन्दोलन पनि यो समस्या ज्यूँकात्यू छ। गायकले भनिन् ‘हामीले समावेशीराज्य संरचना र लोकतान्त्रिक मूल्यहरूको वकालत गर्दै गर्दा हाम्रो आन्दोलन स्वयंलेयी मूल्यहरूलाई आत्मसाथ गर्यो वा गरेन भन्ने प्रश्नबाट हामी पन्छिन मिल्दैन। दलित आन्दोलनभित्र यौनिकताको मुद्दा र लैङ्गिक तथा यौनिक अल्पसंखयक समुदायको आन्दोलनभित्र जातको मुद्दालाई बेवास्ता गर्नुआफैमा सामाजिक न्यायको मान्यता विपरीत छ।’

nimb
nimb
Ncell 2
Ncell 2

नेपालललितकला प्रज्ञा–प्रतिष्ठानका हस्तकला विभाग प्रमुख प्राज्ञ अरुणा हिङमाङले यो चित्रकला प्रदर्शनीनेपाली कला इतिहासमै संभवत पहिलो भएको बताए। उनले ललितकला प्रतिष्ठानसीमान्तकृत समुदायको कला र सिर्जनाको प्रवर्द्धनका लागि मात्रै नभएर उनीहरूकोअधिकारका लागि समेत प्रतिबद्ध रहेको बताउँदै भने, ‘गणतन्त्रस्थापनापछि आम नागरिकमा मात्र नभएर कला क्षेत्र र कलासम्बन्धी राज्यका निकायमा पनिसीमान्तकृत समुदायको मुद्दामा चासो बढिरहेको उदाहरण चित्रकला प्रदर्शनीले देखाउनेछ ।’

दलितक्विअर नेपालका संयोजक नताशा परियारले यो चित्रकला प्रदर्शनीले आन्दोलनभित्र जातव्यवस्थाका कारण दलित यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूमाथिको ऐतिहासिकविभेद र बहिष्करणका अर्थ राजनीतिक प्रश्नहरूलाई स्थापित गर्न मद्दत पुर्याउने अपेक्षा गर्दै भनिन्, ‘पितृ सत्ताको अन्त्य मात्रले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको मुद्दालाई स्थापित गर्न सकिँदैन। निश्चित जातका महिला र पुरुषहरूबिचको विवाह, प्रेम र यौनलाईमा उच्च र पवित्र ठान्ने जातव्यवस्थामा आधारित पितृ सत्ताको अन्त्यविना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायकोअधिकार स्थापित हुन सक्दैन।’ उनले अन्तरजातीय क्विअर प्रेम नै वास्तविक प्रेम भएकाले यो नै पितृ सत्ता र जात विरोधि समाज निर्माणको अनिवार्य सर्त हुनेमा जोड दिइन्।

मानवअधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ ले ‘लिङ्गका आधारमा कुनै पनि व्यक्तिलाई भेदभाव नगरी हरेक व्यक्तिलाई घोषणापत्रमा उल्लिखित सबै अधिकार र स्वतन्त्रता प्राप्त हुनेछ’ भनी उल्लेख गरेको छ। नेपालको संविधानले पनि ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको हक अधिकार’लाई संवैधानिक रूपमा सुरक्षित गर्ने प्रयास गरेको छ। तर, आज पनि यो समुदायको अधिकारका पक्षमा राज्य र समाज अनुदार छ। त्यसमा पनि दलित समुदायका एलजीबीटीआईक्यू व्यक्तिहरूजात र यौनिकताका आधारमा थप विभेद र बहिष्करणमा परेका छन्।  

युएनवुमनले यसै वर्ष लैङ्गिक तथा यौनिक अल्पसंखयक समुदायमाथि हुने हिंसामा आधारित भईगरेको एक अध्ययन प्रतिवेदनका अनुसार दलित समुदायका लैङ्गिक तथा यौनिक अल्पसंखयक व्यक्तिहरूले कुनै हिंसा भोगेमा पनि सहयोगका लागि यसै सवालमा काम गर्नेसंस्थाहरूमा सहयोग नखोज्ने गरेको उल्लेख गर्दै त्यस्ता संस्थामा हुन सक्ने जातीयविभेद र उनीहरूको प्रतिनिधित्वलाई मुख्य कारणका रूपमा औँल्याएको थियो। प्रतिवेदनले यौनिक अल्पसंख्यक दलित व्यक्तिहरूले समुदाय भित्र र बाहिर दुवैबाट भेदभावर हिंसा खेप्ने र उनीहरूमाथि अरू समुदायका भन्दा प्रायः गम्भीर किसिमका हिंसा हुनेसम्भावना रहेको देखाएको थियो।

सामरी उत्थान सेवाले गत भदौमा सातै प्रदेशका २५ जना दलित समुदायका लैङ्गिक तथा यौनिकअल्पसङ्ख्यक व्यक्तिहरूबिच गरेको एक अध्ययनमा ४४ प्रतिशतले आफू परिवारसँग छुट्टिएर सहरी क्षेत्रमा बसोबास गर्दै आएको बताएका थिए।

उनीहरूमध्ये ३२ प्रतिशतले आफ्नो यौनिक पहिचानकै कारण सबैभन्दा बढी परिवारबाट विभेद भोग्नु परेको बताएका थिए भने ४८ प्रतिशतले जातकै आधारमा गैर दलित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूबाटसमेत हिंसा भोगेको बताएका थिए।

सामरीको उक्त अध्ययनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको क्षेत्रमा काम गरिरहेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको महासङ्घ,  ब्लु डाई मण्ड सोसाइटी (नील हिरा समाज), मितिनी नेपाल लगायत प्रतिष्ठित संस्थाहरूको निर्णायक बोर्ड तथा कार्यकारी नेतृत्व समूहमा दलित समुदायको प्रतिनिधित्व शून्य रहेको देखाएको थियो। 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १५:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘अब ‘म’ बाट ‘हामी’मा रूपान्तरण हुने बेला आएको छ’ -रवि लामिछाने
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
पुटिनले अस्वीकार गरे जेलेन्स्कीको वार्ता प्रस्ताव
सम्बन्धित सामग्री
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइर... मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । सोमबार, वैशाख १४, २०८३
बहुप्रतिक्षित चलचित्र ‘रामायण’को टिजर रिलिज नितेश तिवारीको निर्देशनमा बनिरहेको यस फिल्मको टिजरलाई लिएर प्रशंसकहरुले धेरै समयदेखि प्रतिक्षा गरिरहेका थिए । बिहीबार, चैत १९, २०८२
ताजा समाचारसबै
कक्रोच जनता पार्टीको प्रदर्शनमा सम्भावित झडप रोक्न ६ जना नियन्त्रणमा शनिबार, जेठ २३, २०८३
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल शनिबार, जेठ २३, २०८३
परराष्ट्रमन्त्री खनाल र विजय चौथाइवालेबिच भेटवार्ता शनिबार, जेठ २३, २०८३
‘अब ‘म’ बाट ‘हामी’मा रूपान्तरण हुने बेला आएको छ’ -रवि लामिछाने शनिबार, जेठ २३, २०८३
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि शुक्रबार, जेठ २२, २०८३
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ शुक्रबार, जेठ २२, २०८३
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा शुक्रबार, जेठ २२, २०८३
आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्