काठमाडौं- सरकारी छाप किर्ते सम्बन्धी कसुरमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई मोरङ जिल्लाको रतुवामाई नगरपालिका-४ झुर्कियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा रतुवामाई नगरपालिका- ४ बस्ने वर्ष ६५ का चेतनलाल राजवंशी,सोही स्थानका ६२ वर्षीया झरियादेवी राजवंशी, ६३ वर्षका विष्णु राजवंशी,६३ वर्षका पैखनलाल राजवंशी र ६४ वर्षीय कन्हारुलाल केवरत छन्।
मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष देवीलाल ताजपुरियाको जाहेरीका आधारमा प्रहरीले उनीहरुको खोजी गरिरहेको थियो। उनीहरु सरकारी छाप किर्ते गरी फरार रहेको र खोजतलासका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
शनिबार बिहान पक्राउ परेका पाँचै जनालाई मोरङ जिल्ला अदालतमा बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।