काठमाडौं– नेपाल चलचित्र संघ र नेपाल निर्माता संघबीच सेयर बाँडफाँटको विषयमा सहमति भएको छ।
फिल्म रिलिजको तेस्रो हप्तादेखि निर्माताहरूले पाउने ३५ प्रतिशत सेयर रकममा असन्तुष्टि जनाउँदै ‘दिमाग खराब’ टिमले प्रदर्शन रोक्ने निर्णय गरेको थियो।
निर्माता संघका अध्यक्ष नवल खड्काले तेस्रो हप्तापछि पनि निर्माता र हल सञ्चालकबीच सेयर बाँडबाँट ५०/५० प्रतिशत गर्ने सहमति भएको बताए।
यसँगै अब प्रदर्शन हुने नेपाली फिल्मका निर्माता र हलहरूबीच ५०/५० प्रतिशत सेयर बाँडफाँट हुनेछ। फिल्मकर्मीहरूले ‘दिमा खराब’ टिमले चालेको यो कदमलाई तारिफयोग्य मानेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।