काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता मिन विश्वकर्माले ‘जाजरकोट भूकम्प’ बाट प्रभावित बस्तीहरुमा १ हजार अस्थायी आवास घर–टहरा निर्माण अभियानमा योगदान गर्ने नेपाली कांग्रेसको निर्णय अनुसार केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा जाजरकोट पुगेको टोलीले १०० घर बनाइसकेको बताएका छन्।
-1700737099.png?timestamp=1700737117971)
उक्त जिल्लाको नलगाड नगरपालिका वडा नंबर ०५ रघुनाथ, ऐरारी, पोखरा र मुलिमा एक सय अस्थायी घर टहरा निर्माण कार्य अन्तिम चरणमा पुगेको प्रवक्ता विश्वकर्माले एक प्रेस नोट जारी गरी उक्त कुरा बताएका हुन्।
-1700737099.png?timestamp=1700737134853)
उक्त अभियानमा गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी लगायत स्थानीय नेता कार्यकर्ता रहेको उनले उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।