काठमाडौं– सलमान खान ५७ वर्षका भए। तर, फिटनेसको मामिलामा उनी युवासँग प्रतिस्पर्धा गर्छन्।
उनलाई पर्दामा हेर्दा उमेरको प्रभावले पनि नछोएको देखिन्छ। प्रशंसकहरू प्रायः उनको फिटनेसको रहस्य जान्न चाहन्छन्। सलमान आफैंले यसको खुलासा गरेका छन्। हालै सलमान आफ्नी भतिजी अलिजेह अग्निहोत्रीको आगामी फिल्म ‘फरे’ को प्रिमियरका लागि गोवामा भएको ५४औँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुगेका थिए। त्यहाँ उनले फिट र जवान रहने रहस्य बताए।
उनले हरेक वर्ष दुई पुराना बानी त्यागेर दुई नयाँ बानी अपनाउने बताए। यही नै उनको फिटनेसको रहस्य हो। सलमानले थपे, 'हरेक वर्ष मैले दुई नराम्रा कुराहरू त्याग्नु पर्छ र मेरो जीवनशैलीमा दुईवटा राम्रा कुरा समावेश गर्नुपर्छ, जुन धेरै गाह्रो छ।’
सलमानले फिल्म ‘फर्रे’ बारे पनि कुरा गरेका थिए। परीक्षामा राम्रो नतिजा ल्याउन ठगीको सहारा लिने युवाहरुको कथामा यो चलचित्र आधारित रहेको उनले बताए।
सलमान खानले पढाइका क्रममा आफूले कहिल्यै धोका नदिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।