काठमाडौं– भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो दम्पतीलाई अमेरिकाले नियन्त्रणमा लिएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी पत्नीलाई पक्राउ गरी अमेरिकाको कब्जामा राखेको दाबी गरेका छन्।
सामाजिक सञ्जाल “ट्रुथ सोशल” मा पोस्ट गर्दै ट्रम्पले भनेका छन्,‘ ‘संयुक्त राज्य अमेरिकाले भेनेजुएला र यसका नेता, राष्ट्रपति निकोलस मदुरो विरुद्ध ठूलो मात्रामा हमला सफलतापूर्वक गरेको छ, जसलाई उनकी श्रीमतीसहित पक्राउ गरी देशबाट निकालिएको छ ।’
सन् १९८९ मा सैन्य नेता म्यानुएल नोरिएगालाई पदच्युत गर्न पानामामा आक्रमण गरेपछि अमेरिकाले ल्याटिन अमेरिकी क्षेत्रमा त्यस्तो प्रत्यक्ष हस्तक्षेप गरेको थिएन ।
त्यस्तै राष्ट्रपति ट्रम्पले भेनेजुएलामा अमेरिकाले ठूलो सैन्य आक्रमण गरेको दाबी गरेका छन् ।
शनिवार बिहान भेनेजुएलाको राजधानी काराकास र अन्य प्रमुख सैन्य स्थलमा विस्फोटका ध्वनि सुनिएको र धुवाँ उठेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। मादुरो नेतृत्वको सरकारले अमेरिकालाई सैन्य आक्रमण भन्दै निन्दा गरेको छ भने राष्ट्रिय आपतकाल घोषणा गरेको छ।
अमेरिकाले मादुरोलाई नार्को-राज्यु चलाएको र चुनावमा धाँधली गरेको आरोप लगाएको छ । सन् २०१३ मा ह्युगो चाभेजलाई उत्तराधिकारी बनाएर सत्तामा आएका भेनेजुएलाका नेताले वासिङ्टनले विश्वको सबैभन्दा ठूलो तेल भण्डार आफ्नो नियन्त्रणमा लिन चाहेको बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।