काठमाडौं– आईसीसी टी-२० विश्वकप क्रीकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रीकेट संघ क्यानले मंगलबार रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो ।
नेपाल प्रीमियर लिग एनपीएलको दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन् । एनपीएलको उपाधी लुम्बिनी लायन्सलाई जिताउन शेरले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
उनीसहित एनपीएलमा राम्रो प्रदर्शन गरेका बसिर अहमद र लोकेश बमले पनि टोलीमा कमब्याक गरेका छन् ।
यस्तो छ नेपाली टिम
रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, आशिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुलशन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।