काठमाडौं– आफ्ना खलनायकी चरित्रका लागि चर्चित अभिनेता शक्ति कपुरकी छोरी श्रद्धा कपुर पछिल्ला दिनहरुमा आफ्नो प्रेम सम्बन्धका कारण चर्चामा छिन्।
उनलाई कयौं पटक उनका ब्वाइफ्रेण्ड भनिएका राहुल मोदीसँग एकसाथ देखिने गरेको छ। एकसाथ देखिँदै आए पनि दुवै जनाले औपचारिक रुपमा आफ्नो सम्बन्धका बारेमा बोलेका छैनन्।
तर पछिल्लो पटक श्रद्धाले गरेको इन्स्टाग्राम पोस्टले उनको राहुलसँगको सम्बन्ध औपचारिक हो भन्ने संकेत गरेको छ। इन्स्टाग्राममा उनले गरेको पोस्टको तस्बिरमा उनले अंग्रेजी अक्षर ‘आर’ अंकित लकेट लगाएकी छन्। फोटोमा उनले एउटा आँखा झिम्काएको देख्न सकिन्छ।
उनको सो पोस्टमा उनका फलोवरहरुले ‘आर’ भनेको को हो? भनेर सोधेका छन्। उनीहरुले ‘के राहुल निश्चित भइसकेका हुन्?’ भनेर सोधेका छन्।
‘तीन पत्ती’ सिनेमाबाट बलिउडमा डेब्यू गरेकी श्रद्धा पछिल्लोपटक रणवीर कपुरसँग ‘तु झुटी मै मक्कार’मा देखिएकी थिइन्। उनी हाल ‘स्त्री-२’को काममा व्यस्त रहेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।