काठमाडौँ– नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि ८ जना उम्मेदवार टुंगो लगाएको छ ।
१८ सदस्यका लागि हुन लागेको निर्वाचनका लागि एमालेले ८ जनाको नाम टुंगो लगाएको हो ।
एमालेले कोशी प्रदेशमा रोशनी मेचे र सोम पोर्तेल, मधेश प्रदेशमा रेखा झा, बागमतीमा प्रेम दंगाल र गण्डकी प्रदेशमा सम्झना देवकोटालाई राष्ट्रिय सभा उम्मेदवार बनाउने भएको छ ।
यसैगरी एमालेले लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीला भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आगामी माघ ११ गने हुने निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । आजै मनोनयन दर्ता हुने भए पनि दलहरुबीच भागबन्डाको सहमति भइसकेको छैन ।
काँग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी, नेपालबीच सहमति गर्ने प्रयास भए पनि सफल भएको छैन । जसअनुसार एमाले-काँग्रेसलाई ७-७, नेकपालाई ३ र जसपा नेपाललाई एक सिट दिने गरी सहमति प्रयास भएको छ । सहमतिको प्रयास जारी रहेका बेला एमालेले उम्मेदवार छनोट गरेको जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।