काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा रहेकी सिर्जना सिज्जु (सिर्जना वली)ले पनि नाम फिर्ता लिएकी छन् ।
सोलो ट्राभल गर्दै पर्यटन प्रवर्धन गरिरहेकी सिर्जनाले आफ्नो फेसबुक पेजमार्फत आज बिहान सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूचीबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी हुन् ।
उनले लेखेकी छन्, ‘कुनै पार्टीलाई योगदान दिएको कारण होइन, देशलाई पर्यटन क्षेत्रमा थोरै भए पनि योगदान गरेको कारण मेरो नाम टिम बालेन बाट रास्वपामा सिफारिस भएको हो। यही कुरा टिमका सदस्यहरूले पनि भन्नुभएको थियो। यसका लागि म आभारी छु। नयाँ आउने सबैलाई शुभकामना। तर मैले मेरो नाम फिर्ता लिइसकेकी छु। यात्रामा भएकाले र प्राविधिक समस्याले गर्दा जानकारी दिन केही दिन ढिला भयो। हामी राजनीति बाहिर बसेर पनि आफ्नो दक्षता अनुसार सधैँ काम गर्न तयार छौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।