काठमाडौँ– राष्ट्रिय सभा सदस्यको उम्मेदवारी छनोटमा कांग्रेस महामन्त्रीद्वयले असहमति जनाएका छन् ।
महामन्त्री विश्वप्रकाश शर्मा र गगनकुमार थापाले पार्टीभित्र उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि व्यक्त गरेका हुन् ।
शर्माले कार्यसम्पादन समितिको बैठक बहिष्कार गरेका छन् । उनी हिजोको बैठकमा पनि सहभागी थिएनन् । उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई टेलिफोन गरेर बैठकमा सहभागी नहुने जानकारी गराइसकेका थिए । त्यस्तै अर्का महामन्त्री थापाले भने बैठकमा फरक मत राखे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।