काठमाडौं– नेपाली कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार छनोटमा फरक मत राखेका छन्।
कार्यसम्पादन समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी बैठकमा छलफल नै नगरी तालमेलको निर्णय गराइएको भन्दै आपत्ति जनाए ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले भने, ‘उम्मेदवार छनोटमा केन्द्रीय कार्यसमितिको मानमनर्दन भयो, संसदीय बोर्डको मानमर्दन भयो। त्यसैले महामन्त्रीका रुपमा मैले फरक मत राखेको छु।’
राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बाहिरिएपछि कांग्रेसले नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच तालमेल भएको छ। राष्ट्रिय सभाका १८ सिटमध्ये कांग्रेसले ९, एमालेले ८ र जसपाले १ सिट पाएका छन्।
यसरी एकाएक एमालेसँग तालमेल गर्ने कार्य सही नभएको थापाको भनाइ छ। ‘यो तालमेलको सैद्धान्तिक आधार के हो? किन गरेको हो?,’ थापाले प्रश्न गरेका छन्।
यो न्यायपूर्ण नभएकाले बैठकमा फरक मत राखेको उनलेब ताए। ‘नाम प्रस्ताव गर्न बाँकी नै छ, उम्मेदवार मनोनयनपत्र बोकेर गइसकेका छन्।,’ थापले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।