चितवन- आज बिहानदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड तत्काल नखुल्ने भएको छ। चारकिलो भन्ने ठाउँमा बिहान साढे एक बजे पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।
रुखसहित पहाडको ढिस्को खसेपछि सडक अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए। उनका अनुसार पहिरो निकै ठूलो खसेकाले पन्छाउन दिनभर लाग्नेछ। सो ठाउँमा तीन लोडर र दुई एक्स्काभेटरले पहिरो पन्छाउने काम गरिरहेका छन्।
चारकिलोमा अहिलेसम्मकै ठूलो पहिरो खसेको खनालको भनाइ छ। सोही सडकको गाईघाट, जलबिरे, कालिखोला, १७ किलो लगायतका ठाउँमा पनि पहिरो खसेका छन्। पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको जनाइएको छ।
सडक बन्द भएसँगै यात्रुहरु अलपत्र परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।