काठमाडौं- ठमेलको ज्याठामा आज बिहान आगलागी भएको छ। स्थानीय सुनिलमान स्थापितको घरबाट करिब साढे ४ बजेदेखि सुरु भएको आगो नजिकका गौतम तुलाधर र अजयरत्न स्थापितको घरमा पनि फैलिएको छ।
अक्सिजन ग्यास सिलिन्डर भण्डारण गरेका कारण आगो नियन्त्रणमा समस्या आएको छ। स्थापितको घरको भुइँ तलामा राखिएका सिलिन्डर पड्किएका थिए। त्यहाँ ट्राभल एजेन्सी कार्यालय रहेको बताइएको छ।
समयमै नियन्त्रण गर्न नसक्दा करिब १० करोड मूल्य बराबरको क्षति भएको दरबारमार्ग प्रहरी वृत्तका डिएसपी दानबहादुर मल्लले जानकारी दिए।
दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रण प्रयास गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।