काठमाडौं– लामो समयदेखि पारिश्रमिक नपाएको भन्दै काठमाडौंको बसुन्धारामा रहेको महेन्द्र नारायण निधि मेमोरियल अस्पतालका कर्मचारीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। मंसिर ४ गते (सोमबार)देखि लागू हुने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्। कोभिडपछि तलब लगायतका सेवा सुविधा नपाएको उनीहरुले बताएका छन्।
४ गते महासंरक्षक, संरक्षक, अस्पताल व्यवस्थापन समिति सदस्य, महेन्द्र नारायण निधि सहकारीका सेयर धनीहरुलाई लिखित रुपमा मागपत्र बुझाउने, ५ गते अस्पताल प्रशासनमा तालाबन्दी तथा नाराबाजी गर्ने उनीहरुले बताएका छन्।
६ गते अस्पताल संचालकहरुको घर घेराउसहित नाराबाजी कार्यक्रम गर्ने कर्मचारी संघर्ष समितिले जनाएको छ। साथै पुरा नभएमा थप विभिन्न संघर्षका कार्यक्रमहरु घोषणा गरिने बताइएको छ।
अस्पतालको संचालक समितिमा कृष्ण वस्ती, भानुभक्त ढकाल, कृष्ण अधिकारी, कमल ढकाल र ओम घर्ती मगर रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।