काठमाडौं– युरोकप छनोटमा स्पेनले सहज जित निकालेको छ। नेपाली समयानुसार बिहीबार राति भएको खेलमा स्पेनले साइप्रसमाथि ३–१ को जित निकाल्यो।
स्पेनको जितमा ३ फरक खेलाडीले ३ गोल गरे। हासेलुको पासमा पाँचौं मिनेटमा युवा खेलाडी लामिने यामलले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। १६ वर्षको उमेरमै यामलको यो दोस्रो अन्तराष्ट्रिय गोल हो।
यसअघि युरोकप छनोटमै जर्जियाविरुद्ध गोल गर्दै स्पेनका लागि सबैभन्दा कम उमेरमा अन्तराष्ट्रिय गोल गर्ने खेलाडीको कीर्तिमान यामलले बनाएका थिए।
२२औं मिनेटमा ग्रिमाल्डोको पासमा ओयार्जाबालले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए। ओयार्जाबालकै पासमा २८औं मिनेटमा होसेलुले गोल गरेपछि स्पेनले पहिलो हाफमा ३–० को अग्रता बनाएको थियो।
दोस्रो हाफमा भने साइप्रसले १ गोल फर्कायो। साइप्रसका लागि ७५औं मिनेटमा पिलेसले गोल गरे। स्पेन आफ्नो समूहको शीर्ष स्थानमा रहँदै यसअघि नै आगार्मी वर्ष जर्मनीमा हुने युरोकपमा छनोट भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।