काठमाडौं– दशैंपछि तिहार अवधिसम्म काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा ४४३ वटा सवारी साधन दुर्घटनामा परेका छन्।
प्रहरीका अनुसार यी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने ३३० जना घाइते भएका छन्।
काठमाडौं उपत्यकाभित्र उक्त अवधिमा ३९ वटा आफैं दुर्घटना भएकोमा ४२ जना घाइते भएको र एक जनाको मृत्यु भएको छ। जहाँ ८ जनालाई पक्राउ गरिएको छ।
यस्तै अन्यसँग ठोक्किएर भएका ९४ दुर्घटनामा ११८ जना घाइते भएको, एक जनाको मृत्यु र ५५ जना पक्राउ परेका छन्।
यस्तै ललितपुरमा आफैं १९ वटा दुर्घटना भएका छन् भने अरुसँग ठोक्किएर ३० वटा दुर्घटना भएका छन्। जसमा ४५ जना घाइते र चार जनाको मृत्यु भएको छ। उक्त दुर्घटनाहरुबाट प्रहरीले १८ जनालाई पक्राउ गरेको जनाएको छ।
यस्तै भक्तपुरमा आफैं १६ वटा र अन्यसँग ठोक्किएर ६८ वटा दुर्घटना भएका छन्। दुवैमा गरी १२५ जना घाइते भएका छन् भने एक जनाएको मृत्यु र २७ जनालाई पक्राउ गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।