काठमाडौं– नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार गाउँपालिकाको जिप दुर्घटनामा परेको छ।
जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर २ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश न ३-०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड गाउँपालिका वडा नम्बर ३ बगड जामिरमा दिउसो साढे १२ बजेतिर दुर्घटना भएको हो।
जिप दुर्घटना हुदा चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको बताइएको छ।
घाइते दुवैलाई उपचारका लागि धनगढी लगिएको छ। उक्त जिप नौगाड गाउँपालिकाले भाडामा लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।