अमरगढी– डडेलधुराको अमगरगढीमा जुवा खेल्दै गरेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। अमरगढी नगरपालिका–१ मौरोडामा धर्मराज जोशीको जस्तापाताले छाएको घरमा जुवा खेल्दै गरेको अवस्थामा ११ जनालाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरुको साथबाट २१ हजार ३७९ रुपैयाँ र तासका गड्डीहरु बरामद भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जानकारी दिएको छ।
विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी तथा इन्सपेक्टर कुसुम नायकले जानकारी दिए।
पक्राउ पर्नेमा अमरगढी नगरपालिका-१ मौरडा बस्ने ४३ वर्षीय ओमप्रकाश जोशी, ६० वर्षीय गणेश चुनारा, २९ वर्षीय पूर्णबहादुर दमाई, ६१ वर्षीय उद्धब सार्की, ४० वर्षीय मनोजदत्त भट्ट र ३३ वर्षीय प्रकाश केसी रहेका छन्।
यस्तै, सोही ठाउँका ४२ वर्षीय तेजबहादुर ऐर, २६ वर्षीय दिपक विक, ४० वर्षीय सुरेश भट्ट, अमरगढी–२ बस्ने ३४ वर्षीय दिनेशराज भट्ट र ३४ वर्षीय दिपक भण्डारी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।