• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस २६, २०८२ Sat, Jan 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

स्वास्थ्य शिविरमा बिरामी जाँचेर तिहार मनाउँदैछन् डा ओममूर्ति

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २८, २०८०  ०९:४१
1140x725

तराईमा तिहारको रौनक नै भिन्नै प्रकारको हुने गर्छ। झिलीमिली बत्तिहरु बाल्नेहरु तथा पटका पड्काउनुले तिहारमा विशेष रौनक थप्ने गर्छ। 

साथीभाइहरुसँगको जमघटमा तास खेल्ने तथा रमाइलो गर्नुले तिहारलाई अझै विशेष बनाइदिने गर्छ। विशेष गरी तिहारको समय तराईमा विशेष नै हुनेगर्छ। बाल्यकालमा तिहारमा गरिएको रमाइलो अविस्मरणीय नै छ मेरा लागि। तर पढाइ तथा पेशागत जिम्मेवारीपछि कहिल्यै पनि तिहारको आनन्द लिन सकिएन। रमाइलो महसुस हुने गरी तिहार नमनाएको १५–२० वर्ष नै भइसकेको छ। 

गत वर्षको दीपावलीको समयमा मैले बुवालाई गुमाउनु परेको थियो। त्यसले मेरो जीवनमा ठूलो दुखको अवस्था सृजना गरेको छ। गत वर्षको दीपावलीकै दिनमा हामीले बुबालाई उपचारका लागि अस्पताल लगेका थियौं। दीपावलीको दिनभर बुबालाई घरमै स्याहार गरेर बसेका हामीले साँझ अस्पताल लगेका थियौं। यो वर्षको दीपावली कसरी मनाउने भन्ने चिन्ताले मलाई सताइरहेको छ। कतै बुबाको सम्झनामा  यस वर्षको दीपावलीको दिन मेरो आँखा ओभानो हुँदैन कि भन्ने चिन्ताले मलाई सताइरहेको छ। 

मैलै आफ्नो मनलाई बुझाउँदै  स्वर्गीय पिताको सम्झनामा किताब लेखेर उक्त दुखलाई सुखमा बदल्ने निर्णय गरें। त्यसैले स्वर्गीय पिताकै सम्झनामा यस वर्षको दिपावली बाल्यकाल बितेको मेरो गाउँमा गएर मनाउने निधो गर्दै गाउँ जाँदैछु। सायद चिकित्सक भएर काम गर्न थालेको करिब १५ – २० वर्षपछि दीपावलीको लागि भन्दै म गाउँ जान लागेको हुँ। 

उमेर बढ्दै जाँदा चाडपर्वको महत्व घट्दो रहेछ 
उमेर बढेसँगै चाडपर्वको महत्व घट्दै जाने रहेछ। हामी अभिभावक भइसकेपछि आफ्नो बाल्यकालको अनुभूती आफ्ना बालबालिकाहरुमा खोज्ने गर्छाै। त्यसैले यस वर्ष दीपावलीमा गाउँ जाँदा मैले छोरीलाई पनि लिएर जाने भएको छु। यस वर्षको दीपावलीमा १० दिन आफ्नो पेशागत जीवनबाट टाढा रहेर मैले दीपावली गाउँमा मनाउने निर्णय गरेको हुँ। 

Ncell 2
Ncell 2

गाउँमा मुटु रोगसम्बन्धी स्वास्थ्य शिविर गर्दैछु 
दीपावलीको अवसरमा मैले आफू जन्मेको जिल्ला महोत्तरीको धमौरा भन्ने स्थानमा मुटु रोगीहरुका लागि विशेष स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छु। यो मेरो तर्फबाट डा ओममूर्ति अनिल फाउन्डेसनको पहिलो सुरुवात भएकोले पनि यो शिविर मैले गाउँमा नै आयोजना गर्न लागेको हुँ। पहिलो सुरुवात आफ्नै ठाउँबाट गरौं भन्ने लागेकोले  उक्त शिविर यहाँबाट नै आयोजना गरेको हुँ। उक्त शिविरबाट एक जनाले करिब ७ हजार बराबरको स्वास्थ्य सेवा शिविरबाट पाउनेछन्। 

मुटु रोगसम्बन्धी इको, इसीजी लगायत सम्पूर्ण तथ्यांकसहितको सेवा दिइने छ। दुई दिनसम्म टिमका अन्य चिकित्सकहरुले हेर्ने भएपनि अन्त्यमा भने म आफैले हेर्नेछु।उक्त शिविर ३ सय जनाको लागि प्याकेजका रुपमा सञ्चालन हुनेछ। यस पटकको तिहारमा आमा, साथीभाईसँग तथा स्वास्थ्य शिविरमा बिरामी हेरेर बित्नेछ। 

चिकित्सक पेशामा रहँदाको चाडपर्व खासै रमाइलो भने हुँदैंन। आवश्यकताअनुसार जुनसुकै समयमा पनि बिरामीको सेवामा खट्नुपर्ने भएकोले पनि यो पेशामा लागेका मानिसहरु चाडपर्वका अन्य पेशामा जस्तो रमाउन सक्दैनन्। राम्रो कामको सुरुवात आफ्नै घरबाट गरौं भन्ने लक्ष्यका साथ मैले स्वास्थ्य शिविरको सुरुवात गृह जिल्लाबाट नै गरेको हुँ।

(वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलसँग लक्ष्मी चौलागाईंले गरेको कुराकानीमा आधारित।)

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  ०९:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अदालतको फैसलापछि एनएमए निर्वाचनमा ५४ उम्मेदवार कायम, ६ सदस्यका लागि १८ को दाबी
गोरखा–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने सुदन गुरुङको घोषणा
थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पुगेका टोपबहादुरको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
अदालतको फैसलापछि एनएमए निर्वाचनमा ५४ उम्मेदवार कायम, ६ सदस्यका लागि १८ को दाबी शुक्रबार, पुस २५, २०८२
गोरखा–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने सुदन गुरुङको घोषणा शुक्रबार, पुस २५, २०८२
थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पुगेका टोपबहादुरको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश शुक्रबार, पुस २५, २०८२
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न मेटा, टिकटकलगायतलाई आयोगको आग्रह शुक्रबार, पुस २५, २०८२
काँग्रेसका १७ भ्रातृ संगठन विशेष महाधिवेशनको विपक्षमा शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्