काठमाडौं– नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले राजनीतिक आस्थाका आधारमा न्यायाधीश नियुक्ति नगर्ने प्रतिवद्धता जनाएका छन्।
प्रधानन्यायाधीश पदमा कार्यभार सम्हाल्दै मिश्रले न्यायाधीश नियुक्ति गर्दा राजनीतिक आस्थाका आधारमा नभई पारदर्शी नीति अवलम्बन गर्ने बताएका हुन्।
आज मात्रै संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशका लागि मिश्रको नाम अनुमोदन गरेको थियो। उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ खाएका थिए।

सपथपश्चात् सर्वोच्च अदालतमा कार्यभार सम्हाल्दै प्रधानन्यायाधीश मिश्रले न्यायालयमा हुने भ्रष्टाचार नियन्त्रण गर्ने दाबी गरे।
उनले प्रधानन्यायायाधीशले पेशी तोक्ने व्यवस्थासमेत परिवर्तन गर्ने बताए। उनले भने, ‘प्रधानन्यायाधीशले पेशी तोक्ने व्यवस्थालाई परिवर्तन गर्दै अटोमेटिक पेशी तोकिने व्यवस्था ल्याइने छ। जसका लागि विद्युतीय माध्यम अपनाइने छ।’
उनले छोटो समयका लागि पदभार ग्रहण गरेपनि आफ्नो कार्यकालमा न्यायालयमा उल्लेख्य सुधार गर्ने दाबी गरे। ‘छोटो समयका लागि प्रधानन्यायाधीश बन्न लागेपनि मेरो कार्यकालमा उल्लेख सुधार भएको हेर्न पाउनुहुनेछ।’, मिश्रले भने, ‘यसबीचमा न्यायालयमा व्याप्त विचौलियाको समस्या समाप्त गर्नमा मेरो प्रयास रहने छ।’
पदभार ग्रहण गर्दै मिश्रले आफ्नो ३१ बुँदे कार्ययोजना सार्वजनिक गरेका थिए।

यसअघि प्रधानन्यायाधीश मिश्रलाई न्यायाधीश दीपकराज जोशीले सर्वोच्चमा स्वागत गरेका थिए।
यस्ताे छ मिश्रकाे ३१ बुँदे कार्ययोजना:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।