काठमाडौं– वुल्भ्सले चामत्कारिक कमब्याक गरेपछि टोटनहाम स्तब्ध भएको छ। इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा वुल्भ्सले चामत्कारिक कमब्याक गर्दै पाहुना टोली टोटनहामलाई २–१ गोलले हरायो।
निर्धारित ९० मिनेटसम्म वुल्भ्स १–० ले पछि परेको थियो। खेल टोटनहामले आफ्नो पक्षमा पारिसकेको थियो।
तर ९० मिनेटपछिको अतिरिक्त समयको पहिलो मिनेटमै म्याथुसको पासमा सराबियाले अविश्वसनीय गोल गरेपछि वुल्भ्स १–१ को बराबरीमा आयो।
तर यतिमा मात्रै वुल्भ्सको गति रोकिएन। ९७ औं मिनेटमा सराबियाकै पासमा लेमिनाले गोल गरेपछि वुल्भ्सले नाटकीय रुपमा २–१ को जित निकाल्यो।
हालसम्म १२ खेलबाट ४ जित निकालेको वुल्भ्स १५ अंकका साथ तालिकाको ११औं स्थानमा छ। समान १२ खेलमा नै ८ जित निकालेको टोटनहाम २६ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।