काठमाडौं– इंग्लिस प्रिमियर लिगमा लुटन टाउनमाथि म्यानचेस्टर युनाइटेडले साँघुरो जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले लुटन टाउनलाई १–० गोलले हरायो।
युनाइटेडको जितमा एक मात्र निर्णयक गोल लिन्डेलफले गरे। उनले ५९ मिनेटमा गरेको गोल निर्णायक बन्दा युनाइटेडले जित निकाल्यो
जितसँगै युनाइटेड १२ खेलबाट २१ अंकका साथ लिगको छैटौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।