काठमाडौं– स्पेनिस ला–लिगामा शनिबार राति भएको खेलमा रियल मड्रिडले सानदार जित निकालेको छ। भ्यालेन्सियामाथि रियलले ५–१ को फराकिलो जित निकाल्यो।
रियलको जितमा भिनिसियस जुनियर र रोड्रिगोले २/२ तथा डाभी कार्भाहालले १ गोल गरे। खेलको तेस्रो मिनेटमै टोनी क्रुसको पासमा कार्भाहालले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। ४२ र ४९ मिनेटमा रोड्रिगोको पासमा भिनिसियसले २ गोल गरे।
५०औं मिनेटमा रोड्रिगोले अर्को गोल थपे भने खेलको अन्त्यतिर ग्रासियाको पासमा रोड्रिगोले पुनः अर्को गोल गरेपछि रियलले ५–१ को जित निकाल्यो। भ्यालेन्सियाका लागि १ मात्र गोल ८८ औं मिनेटमा डुरोले गरे।
शनिबारको जितपछि १३ खेलबाट ३१ अंकसहित रियल लिगको दोस्रो स्थानमा छ। समान खेलबाट ३४ अंकसहित गिरोना शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।