काठमाडौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका प्रहरी नायब निरिक्षक निरज शमशेर जबराविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले उनीविरुद्ध आज विशेष अदालतमा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी राज्यबाट लाभ लिएर भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो।
जबराले माध्यामिक शिक्षा परिषद् उत्तर प्रदेशको इण्टरमिडियट तहको नक्कली योग्यता प्रमाण पत्र पेस गरी प्रहरी सहायक निरीक्षक(असई) पदमा नियुक्ति लिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ।
जबराले सोही प्रमाण पत्रका आधारमा नायब निरिक्षक पदमा बढुवा भई सरकारी लाभ र सुविधा लिएकोले विगो, जरिवाना र कैद सजाय हुनुपर्ने माग अख्तियारको आरोप पत्रमा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।