काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबार सर्वजनिक गरेको पछिल्लो आर्थिक अवस्था प्रतिवेदन अनुसार बैंकहरुसँग पर्याप्त विदेशी मुद्रा सञ्चिती रहेको देखाएको छ।
राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको तीन महिनाको तथ्यांक प्रतिवेदनमा उक्त कुरा उल्लेख छ।
उक्त तथ्यांक अनुसार २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिती ६.७ प्रतिशतले वृद्धि भई २०८० असोज मसान्तमा १६ खर्ब ४३ अर्ब ९ करोड पुगेको छ।
सो सञ्चिती मुद्राले १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।