काठमाडौं– नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेट (पेमेन्ट गेटवे)मा रकम जम्मा गर्ने सीमा (संख्या) बढाएको छ।
केन्द्रीय बैंकले अस्थायी रुपमा भुक्तानी सीमा (संख्या) बढाएको हो। यसअघि पेमेन्ट वालेटहरुमा १ दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था थियो।
राष्ट्र बैंकले यसअघिको व्यवस्थालाई परिमार्जन गर्दै बढीमा २० पटकसम्मका लागि रकम जम्मा गर्न सकिने व्यवस्था गरेको हो।
यस्तो व्यवस्था अल्पकालीन रहेको राष्ट्र बैंकले जनाएको छ। आज (शुक्रबार)देखि मंसिर ३ गते सम्मका लागि भुक्तानीको सीमा बढाइएको केन्द्रीय बैंकले जनाएको छ।
नेपालमा हाल नमस्ते पे, माइ पे, खल्ती, ई–सेवा, आईएमई पे, प्रभु पे, लगायत भुक्तानी सेवा प्रदायकका वालेटहरु सञ्चालनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।