काठमाडौं– साताको तथा तिहार अघिको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अङ्गले गिरावट भएको छ। बिहीबारको कारोबार सकिँदै गर्दा पुँजीबजारमा ११.८५ अङ्कको घटुवा आएको छ।
उक्त अङ्कको गिरावटपछि नेप्से परिसूचक १८५२ बिन्दुमा कायम भएको छ। यसअघिका तीन दिन भने बजार सकारत्मक लयमा थियो। बिहीबार ८३ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ। उक्त कारोबार रकममा ५७ कम्पनीको मूल्य बढेको थियो भने १७५ को मूल्य घटेको छ।
उपसूचकतर्फ बैंकिङ २, विकास बैंक १५, फाइनान्स २१, होटल तथा पर्यटन ३९, जलविद्युत् १६, जीवन बीमा १०१, उत्पादन १२, माइक्रोफाइनान्स २८, निर्जीवन बीमा ३९, अन्य २२ र ब्यापार ३ अङ्कले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।