काठमाडौं– जर्मन बुन्डेस लिगा क्लब बायर्न म्युनिख युईएफए च्याम्पिन्यस लिगको अन्तिम १६ मा प्रवेश गरेको छ। नेपाली समयानुसार बुधबार राति भएको खेलमा गालाटासारेलाई २–० गोल अन्तरले हराउँदै बायर्न अन्तिम १६ मा प्रवेश गरेको हो।
४ खेलबाट लगातार ४ जित निकाल्दै २ खेल अगावै बायर्नले अन्तिम १६ मा स्थान पक्का गर्यो। बायर्नको जितका लागि ह्यारी केनले २ गोल गरे।
किमिचीको पासमा ८० मिनेटमा केनले पहिलो गोल गरेका थिए। त्यसको ६ मिनेटपछि ८६औं मिनेटमा टेलको पासका केनले नै अर्को गोल गरेपछि बायर्न २–० गोल अन्तरले विजयी भयो।
जितसँगै ४ खेलबाट १२ अंक जोड्दै बायर्न २ खेल अघि नै अन्तिम १६ मा प्रवेश गरेको छ। यही समूह ‘ए’ को एफसी कोपनहेगनको ४, गालाटासारेको ४ र म्यानचेस्टर युनाइटेडको ३ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।