काठमाडौं– स्पेनिस क्लब रियल मड्रिड युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ। नेपाली समयानुसार बुधबार राति भएको खेलमा स्पोर्टिङ ब्रागालाई ३–० गोल अन्तरले हराउँदै मड्रिड अन्तिम १६ मा प्रवेश गरेको हो।
लगातार ४ खेलमा जित निकाल्दै २ खेल अगावै मड्रिड अन्तिम १६ मा प्रवेश गरेको हो। रियलको जितमा ३ फरक खेलाडीले गोल गरे। रोड्रिगाको पासमा डियाचले २७औं मिनेटमा पहिलो गोल गरेका थिए।
५८औं मिनेटमा भास्केजको पासमा भिनिसियस जुनियरले दोस्रो गोल गरे। खेलको अन्तिम तथा तेस्रो गोल भिनिसियसको पासमा रोड्रिगोले ६१औं मिनेटमा गरे।
रियल समूह ‘सी’ मा ४ खेलबाट १२ अंक बटुल्दै २ खेल अगावै अन्तिम १६ मा प्रवेश गरेको छ। यही समूहको नापोलीको ७, ब्रागाको ३ र युनियन बर्लिनको १ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।