काठमाडौं– जाजरकोट भूकम्पका प्रभावितलाई सहयोगका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न संघ संस्थाहरूले ४ करोड भन्दाबढी रकम संकलन गरेका छन्। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको छ।
बुधबार बिहान बालुवाटारमा पर्यटनमन्त्री सुदन किरातीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर सहयोग रकम हस्तान्तरण गरेको छ।
यसरी सहयोग गर्नेहरुमा नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम, पर्यटन बोर्ड, पशुपति क्षेत्र विकास कोष, नेपाल पर्वतारोहण संघ, लुम्बिनी विकास कोष रहेका छन्। यस्तै, गोरखा ब्रुअरी प्रालिले पनि राहत कोषमा १ करोड सहयोग रकम जम्मा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।