काठमाडौं- संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदिन भएका प्रधानन्यायाधीशमा प्रस्तावित ओमप्रकाश मिश्रले आजै साढे पाँच बजे सपथ लिने भएका छन्।
बिहान संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएका मिश्रले आजै सर्वोच्चमा पदबहाली पनि गर्नेछन्।
करिब ४ महिना उनी सर्वोच्च अदालतको नेतृत्वमा रहनेछन्। मिश्र २८औं प्रधानन्यायाधीश हुन्।
यसअघि प्रधानन्यायाधीशका लागि सिफारिस भएका दीपकराज जोशी अस्वीकृत भए पनि मिश्रको नाम संवैधानिक परिषद्ले सिफारिस गरेको थियो। सर्वोच्चमा दोस्रो मर्यादाक्रममा रहे पनि नेतृत्वमा पुग्ने उनी पहिलो व्यक्ति हुन्।
यसअघि पहिलो नम्बरमा रहेको व्यक्ति सर्वोेच्चको नेतृत्वमा पुग्ने परम्परा रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।