काठमाडौं– नक्कली कागजात प्रकरणमा फेरि चार युवालाई प्रहरीले पक्राउ गरेको छ। नक्कली कागजात बनाएर भिजिट भिषामा विदेश पठाउने गिरोहका चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरुमा काठमाडौं नयाँबानेश्वरका ए.सि.ई. कन्सल्टेन्सीका सञ्चाल ३७ वर्षीय अनिष अमात्य, ललितपुर इमाडोलका प्रगती विद्याश्रम कन्सल्टेन्सीका सञ्चालक ४५ वर्षीय गोपाल रिमाल, नयाँबजारको निप्पोन कन्सल्टेन्सीका सञ्चालक ३२ वर्षीय पशुपति मैनाली र बढुानिलकण्ठको एस टु अबरोड कन्सल्टेन्सीका सञ्चालक ३२ वर्षीय सागर चापागाईं छन्।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। यसअघि ९ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।