काठमाडौं- शनिबार राति भएको इंग्लिस प्रिमियर लिगमा आर्सनल पराजित भएको छ भने म्यानचेस्टर युनाइटेड कठिन जित निकालेको छ।
आर्सनल न्युक्यास्टल युनाइटेडसँग १–० ले स्तब्ध भयो। न्युक्यास्टलको जितमा जेलिन्टनको पासमा गोर्डोनले ६४ मिनेटमा गरेको गोल निर्णायक बन्दा आर्सनल स्तब्ध भयो।
अर्को खेलमा म्यानचेस्टर युनाइटेडले फुलहाममाथि १–० को संघर्षपूर्ण जित निकाल्यो। ९० मिनेटपछिको अतिरिक्त समयमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई जिताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।