काठमाडौं– बोर्नमाउथमाथि आधा दर्जन गोल गर्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। खेलको ३० मिनेटबाट गोल गर्न सुरु गरेको घरेलु टिम सिटीले ८८औं मिनेटसम्म गरी ६ गोल गर्यो।
३०औं मिनेटमा मिडफिल्डर रोड्रीको पासमा डोकुले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। त्यसपछि डोकुको पासमा ३३ औं मिनेटमा सिल्भाले गोल गरेपछि सिटीले अग्रता दोब्बर बनायो। डोकुकै पासमा ३७औं मिनेटमा अकान्जीले अर्को गोल गरेपछि पहिलो हाफमा ३–० को अग्रता सिटीले बनायो।
दोस्रोको ६४औं मिनेटमा डोकुकै पासमा फिल फोडेनले अर्को गोल थपे। ८३ मिनेटमा डोकुको पासमा सिल्भाले अर्को गोल गरे। सिटीका लागि छैटौं गोल बोबको पासमा एंकले गरे।
बोर्नमाउथका लागि भने एक मात्र गोल ७४औं मिनेटमा सिनिस्टर्राले गरे। जितसँगै ११ खेलबाट २७ अंकका साथ सिटी लिगको शीर्ष स्थानमा उक्लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।