काठमाडौं– स्पेनिस ला–लिगामा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ। शनिबार राति भएको खेलबा बार्सिलोनाले रियल सोसिडाडमाथि १–० को संघर्षपूर्ण जित निकाल्यो।
खेलमा हावी भएको घरेलु टिम सोसिडाडविरुद्ध अतिरिक्त समयमा गोल गर्दै बार्सिलोनाले जित निकाल्यो।
९० मिनेटपछिको अतिरिक्त समयमा इल्के गुन्डोगानको पासमा डिफेन्डर आराउजोले गोल गरेपछि बार्सिलोनाले महत्त्वपूर्ण जित हात पार्यो। जितसँगै १२ खेलबाट २७ अंकका साथ बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ।
ला–लिगाकै अर्को खेलमा गिरोनाले कमब्याक जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ। गिरोनाले उसासुनामाथि ४–२ को जित निकाल्यो।
२५ मिनेटमा ओसासुनाका लागि बुडामिरले गोल गरेका थिए। १६ मिनेटमा इभान मार्टिनले गिरोनाका लागि गोल गरेपछि खेल बराबरीमा आएको थियो।
५५ मिनेटमा पुनः बुडामिरले गोल गरेपछि ओसासुनाले २–१ को अग्रता बनाएको थियो। तर गिरोनाले उत्कृष्ट कमब्याक गर्दै सरासर ३ गोल गरेपछि गिरोना विजयी भयो। गिरोनाका लागि दोस्रो हाफमा एर्टिम डोभकी, भिक्टोर ट्याङकोभ र ग्रासियाले एक–एक गोल गरे।
जितसँगै १२ खेलबाट ३१ अंकका साथ गिरोना शीर्ष स्थानमा उक्लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।