एजेन्सी– इजरायलसँगको सीमामा भएको झडपमा हिज्बुल्लाहका ७ लडाकु मारिएका छन्।
शिया सैन्य समूह र लेबनानी सुरक्षा स्रोतहरूकाअनुसार सीमामा इजरायली सेनासँगको हिंश्रक मुठभेडमा शुक्रबार बिहान सात हिज्बुल्लाह लडाकुको मृत्यु भएको हो भने अन्य चार जना सर्वसाधारण घाइते भएका छन्।
हिजबुल्लाहले आफ्ना मारिएका सदस्यहरूलाई शोक व्यक्त गर्दै एक विज्ञप्ति जारी गरेको छ। लेबनानी आन्तरिक सुरक्षा बल र चिकित्सा स्रोतहरूले दक्षिणी लेबनानका धेरै क्षेत्रमा तोपको गोलाबारी र इजरायली हवाई आक्रमणबाट तीन लेबनानी नागरिक र एक सिरियाली शरणार्थी घाइते भएका छन्।
लेबनानी रेड क्रसले उनीहरूलाई अस्पतालमा स्थानान्तरण गरेको छ। लेबनानी सैन्य स्रोतहरूकाअनुसार शुक्रबारको हताहतले लेबनानी पक्षमा अक्टोबर यता मृत्यु हुनेको संख्या ७३ पुगेको छ।
सीमावर्ती गाउँ अल वाजानीमा बुधबार बिहान दुई युवाको शव फेला परेको थियो। उनीहरुलाई मंगलबार इजरायली सेनाले बाख्रा चराउने क्रममा निशाना बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।