काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चढेको हेलिकोप्टरबाट भूकम्पमा परी घाइते भएका सात जनाको उद्धार गरिएको छ।
शुक्रबार राति भूकम्प गएपछि अवलोकनका लागि प्रधानमन्त्री प्रचण्ड शनिबार बिहानै जाजरकोट पुगेका थिए। अवलोकनपछि फर्किने क्रममा उनी चढेको हेलिकोप्टरमा सात जना घाइतेको उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पुर्याइएको छ।
नेपाली सेनाको हेलिकोप्टरमार्फत् प्रधानमन्त्री प्रचण्ड जाजरकोट पुगेका थिए। सोही हेलिकप्टरमार्फत् जाजरकोटको नलगाढबाट ७ जना घाइतेको उद्धार गरेर सुर्खेत लगिएको हो।
यस्तै घाइतेका साथै ७ जना कुरुवासमेत हेलिकोप्टरमा राखेर लगिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।