• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

स्वास्थ्य र शिक्षामा यसरी नमुना बन्यो भक्तपुर

64x64
नेपाल लाइभ सोमबार, भदौ २५, २०७५  ०८:०१
1140x725

संघीय राजधानी काठमाडौंको पूर्वी मोहडामा अवस्थित सानो जिल्लाको सानै नगर हो, भक्तपुर । तर, यो नगरको सामथ्र्य अब आकारमा होइन, उपलब्धिमा नाप्ने बेला आएको छ । शिक्षा र स्वास्थ्य सेवा सरकारीकरण गर्नुपर्ने पक्षमाशुरू भएको नयाँ बहस भक्तपुर नगरका लागि भने सफल अनुभवको सुखद नतिजा सिद्ध भइसकेको छ ।

‘कोही बिरामी छन् ?’

“घरमा कोही बिरामी छन् कि ?” एकाबिहानै ढोका ढक्ढक्याएर कसैले यसरी सोध्छ भने त्यो अन्यत्रका लागि अनौठो लाग्न सक्छ । तर, भक्तपुर नगरवासीका लागि यो सामान्य भइसक्यो ।जस्तो कि २० असार २०७५ बिहान भक्तपुर नगरपालिका–८, जगातीका हरिकृष्ण शिल्पकारको घरमा देखियो ।

बिहानै घरको माथिल्लो तलामा परिवारसँग बसेर चिया खाइरहेकाबेला शिल्पकारले तलढोका बाहिरबाट कसैले बजाएको घण्टीको आवाजसुने । कान्छी छोरी रिनाले झ्यालबाट बाहिर नियालिन् । घण्टी बजाउने व्यक्ति भक्तपुर नगरपालिकाबाट घरदैलो नर्सिङ सेवा दिन खटिएकी स्टाफ नर्स सरिता गोसाईथिइन् । नगरपालिकाकै स्वास्थ्य स्वयंसेविका रत्नमाया खायमली पनि उनीसँगै उभिएर सोध्दै थिइन्, “कोही बिरामी छन् कि ?”

ढोकामा ओर्लिएकी रिनाले बुबा हरिकृष्ण, आमा रामलक्ष्मी, दाइहरू राकेश र राजेश तथा बहिनी सुप्रभाको उमेर, पेशा र शिक्षाबारे नर्स गोसाईलाई जानकारी गराइन् । उनले टिपाएको शैक्षिक विवरणअनुसार, आमा र बुबासाधारण लेखपढ गर्न जान्दछन्, दाइहरू र आफूले स्नातकोत्तर तह एवम् बहिनीले स्नातक तह पूरा गरेकीछन् ।

घरमुली दम्पती पनि तल ओर्लिए । नर्स सरिताले पहिले रामलक्ष्मीलाई भ¥याङको खुड्किलोमा बसाइ उनको रक्तचाप जा“चिन् । रक्तचापको मात्रा माथि १४० र तल ८० देखियो, जुन अलि उच्च हो । त्यसपछि सरिताले नुन र चिल्लो कम खान सल्लाह दिएरहरिकृष्णलाई पनि जाँचिन् । उनको रक्तचाप सामान्य देखियो ।

घरदैलो नर्स सेवामा भक्तपुर नगरपालिकाबाट खटिएका नर्स र स्वयंसेविका नगरवासीको स्वास्थ्य अवस्थाबारे बुझ्दै ।

Ncell 2
Ncell 2
nimb
nimb

हरिकृष्णको घरमाजस्तै भक्तपुर नगरपालिकाका १० वटै वडाका घरघरमा नगरवासीको स्वास्थ्य अवस्था बुझ्न नगर कार्यपालिकाको कार्यालयले नर्स र स्वास्थ्य स्वयंसेविका पठाउँछ । बिहान ७ देखि ९ बजेसम्म घरदैलो गर्ने नर्स र स्वास्थ्य स्वयंसेविकाको टोलीले नगरवासीको रक्तचाप परीक्षण गर्छ ।मधुमेह, स्त्रीरोग, बालरोग, दम र खोकीको समस्या भएका बिरामीको निगरानी गर्नु पनि टोलीको काम हुन्छ ।

दैलोमै पुगेका नर्स र स्वयंसेविकाले बिरामी भएर उपचार नगराई घरमै बसेका नगरवासीलाई नगरपालिकाद्वारासञ्चालित जनस्वास्थ्य सेवा केन्द्रहरूमा जान आग्रह गर्छन् । रक्तचाप र मधुमेहकाबिरामीलाई नियमित औषधि खान ररोगले च्यापेका बिरामी छन् भने तिनलाई अस्पताल जान सल्लाह दिन्छन् । सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमका बारेमा पनि नगरवासीलाई जानकारी दिन्छन् उनीहरू । सरकारले भक्तपुर सहित ४२ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गरेकोछ ।

घरघरमा पुग्ने नर्सर स्वयंसेविकाहरूनगरवासीको स्वास्थ्य अवस्थासम्बन्धी विवरण बटुलिरहेका हुन्छन् । कुन रोगका कति बिरामी छन् भन्ने तथ्याङ्क पनि उनीहरूले संकलन गरिरहेका छन् ।२०७५ जेठसम्म १ हजार ६६३ परिवारको स्वास्थ्य परीक्षण गर्दा ४३५ जनालाई उच्च रक्तचाप, १७७ लाई सुगर, ८० जनालाई दम, ८० जना हाडजोर्नी, ४१ जनामा ग्यास्ट्रिक, १३ जनालाई थाइराइड, ३१ जनालाई मुटु रोग, ९ जनालाई क्षयरोग रहेको पाइएको छ ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भक्तपुर नगरपालिकाले सञ्चालन गरेको जनस्वास्थ्य सेवा केन्द्रमा उपचार गराउँदै नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ।

त्यस्तै सुस्त मनस्थितिका ३, प्यारालाइसिस भएका ७, मिर्गौला रोगका ५, पत्थरी भएका ४ जना, कोलेस्ट्रोलका बिरामी १४, क्यान्सर भएका ७ र अशक्त अपाङ्ग १ जना रहेको अभिलेख नगरपालिकासँग छ ।बिरामी भएका घरमाहेरचाहका लागि नर्स सहितको टोली नियमित रूपमा पुग्छ ।वडाका सबै घरमा एक चरण पुगेपछि दोहो¥याएर जाने चलन छ ।नगरपालिकाबाट यस्तो हेरचाह पाउँदा स्थानीय निकै खुशी छन् ।

१० वटै वडामा खटिएका नर्सहरूदैनिक कम्तीमा २० घरमा पुग्छन् । नगरवासीको स्वास्थ्य, शिक्षा र पेशासम्बन्धी तथ्य–तथ्याङ्क लिएर उनीहरू बिहान साढे ९ बजे नगरका तीन वटा जनस्वास्थ्य सेवा केन्द्रमा हाजिर हुन्छन् र आफूले संकलन गरेका तथ्य–तथ्याङ्कहरू अद्यावधिक गर्छन् ।

उनीहरूपुगिनसक्दै जनस्वास्थ्य सेवाकेन्द्रहरूमाबिरामीको भीड लागिसकेको हुन्छ । बिहान ७ बजे नै खुल्ने केन्द्रमाचिकित्सक,नर्स र स्वास्थ्य स्वयंसेविकाहरू सबेरै घरदैलोमा पुगेर उपचारका लागि निम्त्याएका नगरवासीको प्रतीक्षा गरिरहेका हुन्छन् । त्यस्ता केन्द्रहरू च्यामासिंह, पा“चतल्ले मन्दिर भगवतीस्थान र ब्यासी गरी तीन ठाउँमा छन् ।यसमध्ये च्यामासिंहको जनस्वास्थ्य केन्द्रमा ५० रुपैया“को टिकट काटेर विशेषज्ञ चिकित्सासेवा पाइन्छ । दोहो¥याएर सेवा लिन जाँदा ३० रुपैया“ मात्रै तिरे पुग्छ । बालरोग, स्त्रीरोग, हाडजोर्नी, दाँत, नाक, कान र घाँटी, छालाको सेवा उपलब्ध रहेको च्यामासिंह जनस्वास्थ्य सेवा केन्द्रका प्रमुख डा.रत्नसुन्दर लासिवाले बताए ।

च्यामासिंहकेन्द्रमाछिमेकी सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका बासिन्दा पनि उपचार गराउन आउँछन् । यहाँ मात्रै दैनिक ३०० को हाराहारीमा बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचार हुन्छ । यो केन्द्रमा नियमित स्वास्थ्य जाँच गराउनेमा नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे पनि छन् ।

भक्तपुर नगरपालिकाले सञ्चालन गरेको जनस्वास्थ्य सेवा केन्द्रमा उपचार गराउन पालो कुर्दै ।

नेता बिजुक्छे १९ असारको बिहान नौ बजेतिर हिंडेरै केन्द्रमा आइपुगे । बिरामीको चाप भएकाले आधा घण्टाजति कुरेपछि उनको पालो आयो । केन्द्रको १०१ नम्बरकोफिजियोथेरापी कोठामा गई घुँडाको फिजियोथेरापी गराए । घुँडाको हड्डी खिइएपछि एक वर्षदेखि उनी केन्द्रबाटउपचार लिइरहेका छन् । नेता बिजुक्छे भन्छन्, “विशेषज्ञ सेवा नगरमै पाएपछि, बाहिर किन जानु प¥यो ?”

भक्तपुर नगरपालिका र आसपासका वासिन्दालक्षित यी स्वास्थ्यकेन्द्रहरूमा ९ जना विशेषज्ञ डाक्टर र १४ जना मेडिकल अधिकृत छन् । नर्स र अन्य कर्मचारी ६१ जना छन् । “भक्तपुर नगरवासीको औसत आयु कमदेखिएको र औषधिउपचार सर्वसुलभ नभएकाले जनस्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको” भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए ।

रैथाने भाषामा परामर्श

नेवार समुदायको बाहुल्य रहेको भक्तपुरका अधिकांश बिरामीले नेवारी भाषा मात्र राम्रोसँग बुझ्ने भएकाले स्वास्थ्य केन्द्रमा नगरपालिकाले प्रायः नेवारी भाषा जान्ने चिकित्सकहरूको व्यवस्था गरेको छ ।बिरामीले आफ्नो समस्या नेवारीमै राख्छन् र चिकित्सकहरूपनि नेवारीमै सल्लाह दिन्छन् ।डाक्टरले लेखिदिएका औषधिखाने तरिका सिकाउन स्थानीय भाषाको झन् बढी आवश्यकता पर्ने भएकाले नेवारी नबुझ्ने चिकित्सकलाई सघाउन सहयोगीको व्यवस्था समेत गरिएको च्यामासिंह जनस्वास्थ्य सेवा केन्द्रका प्रमुख डा. लासिवाले बताए ।

भक्तपुर नगरपालिकाले सञ्चालन गरेको जनस्वास्थ्य सेवा केन्द्रमा आँखा जाँच गराउँदै सर्वसाधारण ।

नगरपालिकाका जनस्वास्थ्य सेवा केन्द्रमा बिरामीले स्वास्थ्य परीक्षणबापत तिर्नुपर्ने शुल्क पनि सस्तो छ । यहाँ रु.३०० मा एक्सरे र रु.१२५ मा ईसीजी सेवा पाइन्छ। सेवा केन्द्रमा पहिले बहिरङ्गसेवामात्रै दिइन्थ्यो । आकस्मिक कक्षको जरुरत पर्दा बिरामीलाई अन्यत्र लगेर उपचार गराउनुपर्ने भएपछि ७ जेठ २०७५ देखि २४ घण्टे आकस्मिक उपचार कक्षको पनि व्यवस्था गरिएको छ ।

१ साउन २०७४ देखि आयुर्वेद स्वास्थ्य उपचार सेवा समेत चलाइरहेको नगरपालिकाले एक वर्षमा ९ हजार भन्दा बढीलाई आयुर्वेद स्वास्थ्य सेवा दिएको छ ।यो आर्थिक वर्ष लागेसँगै नगरपालिकाले क्यान्सरको उपचार, मिर्गौला प्रत्यारोपण, मुटुको शल्यक्रियातथा मस्तिष्कघातको उपचार लिनुपर्ने नगरवासीलाई जनही रु.१० हजार सहयोग गर्न थालेको छ ।

नगरवासीको स्वास्थ्य अवस्था बुझ्न नर्ससँग घरदैलोमा खटिने स्वास्थ्य स्वयंसेविकालाई नगरपालिकाले दैनिक रु.१०० भत्ता दिने व्यवस्था गरेको छ ।नगरमा ९० जना स्वास्थ्य स्वयंसेविका छन् । बहिरङ्ग उपचार सेवामा कार्यरत विशेषज्ञ चिकित्सकलाई प्रतिदिन रु.१५०० र मेडिकल अफिसरलाई आंशिक सेवा बापत मासिक रु.१५ हजारसम्म भत्ता दिने गरिएको नगरपालिकाले जनाएको छ ।“नगरवासीलाई प्रभावकारी स्वास्थ्य सेवा पु¥याउन यस वर्ष साढे ३ करोड रुपैयाँ बजेट छुट्याएका छौं” नगरप्रमुख सुनिल प्रजापतिले भने, “नगरवासीको स्वास्थ्यमा ध्यान दिएनौं भने जतिसुकै विकास भए पनि त्यसको उपयोग कसले गर्ने ?”

नगरपालिकाले यस वर्ष आफ्नै लगानीमा २५ शैय्याको ख्वप अस्पताल बनाउने प्रक्रिया अघि बढाएको छ ।अस्पताल सञ्चालनका लागि अनुमति समेत लिइसकेको छ । अस्पताल बनाउन रु.१४ करोड विनियोजन गरिएको नगरप्रमुख प्रजापतिले बताए ।“जसरी सस्तोमा बहिरंग सेवा प्रदान गरेर नगरवासीले सुविधा पाएका छन्, त्यसैगरी विशेषज्ञ सेवा समेत सस्तोमा आफ्नै ठाउँमा दिन लागेका हौं”, प्रजापति भन्छन् ।

नगरपालिकाले नगरका विभिन्न ६ स्थानमा शिशु स्याहार केन्द्र चलाएको छ । हरेक वडामा शिशु स्याहार केन्द्रको व्यवस्था गर्ने नीतिअनुसार ती केन्द्रहरू खोलिएको नगरपालिकाले जनाएको छ ।केन्द्रमा बच्चा राख्न चाहनेले मासिक रु.१ हजार तिर्नुपर्छ । १५ जना बच्चा बराबर एक जना आयाको व्यवस्था गरिएको छ ।

आफ्नै ७ शिक्षण संस्था

नयाँ संविधान र कानून अनुसार, देशभरका सबै स्थानीय सरकारले माध्यमिक तहसम्मको विद्यालय व्यवस्थापनको जिम्मेवारी पाएका छन्। यद्यपि विद्यालयमा स्थानीय सरकारको लगानी अनिवार्य गरिएको छैन । अन्य ७५२ स्थानीय तहमध्ये धेरैले आफू अन्तर्गतका विद्यालयको गुणस्तर सुधार्न केन्द्र र प्रदेश सरकारको मुख ताकिरहेका छन् । तर, भक्तपुर नगरपालिकाले आफ्नै लगानीमा खोलेकासातशिक्षण संस्थामावार्षिक रु.४० करोड खर्चेर मुलुकलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गरिरहेको छ ।

भक्तपुर नगरपालिकाको लगानीमा बनेको ख्वप मावि भवन ।

“कम शुल्कमा उच्च शिक्षा दिन, समाजलाई बौद्धिकबनाउन, नयाँ पुस्तालाई एक्काइसौं शताब्दीका चुनौती सामना गर्न सक्षम बनाउनर श्रमलाई उत्पादनशीलतासँग जोडेर शिक्षा र समृद्धिको लक्ष्य पूरा गर्न” नगरपालिकाको लगानीमा स्कूल र कलेजहरूसञ्चालन गरिएको नगरप्रमुख प्रजापतिले बताए । नगरपालिकाले ख्वप मावि, ख्वप कलेज, ख्वप इन्जिनियिरिङ कलेज, ख्वप कलेज अफ इञ्जिनियरिङ, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, शारदा मावि र शारदा कलेज सञ्चालन गर्दै आएको छ । यी सबै शिक्षण संस्थामा गरी अहिले ५ हजार ६०० विद्यार्थी छन् ।

२०५६ सालमा ख्वप माविमा ११ र १२ कक्षा सञ्चालन गर्ने अनुमति लिएर नगरपालिकाले शिक्षामा लगानी शुरू गरेको हो । जहाँ अहिले २ हजार ३०० विद्यार्थी अध्ययनरत छन् । ख्वप माविमा विज्ञान, व्यवस्थापन र मानविकीमा ११ र १२ कक्षाको पढाइ हुन्छ ।

२०५८ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर स्थापना भएको ख्वप इञ्जिनियरिङ कलेजबाटस्नातक र स्नातकोत्तर तहका गरी १ हजार ४४७ विद्यार्थीले अध्ययन पूरा गरिसकेका छन् । कलेजको स्नातक तहमा सिभिल, बीई कम्प्युटर, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन र आर्किटेक्चर, स्नातकोत्तर तहमा अर्थक्वेक इञ्जिनियरिङ र अर्बन डिजाइन एण्ड कन्जरभेशन विषयको पढाइहुन्छ । अहिले यहाँ ६७ जिल्लाका ११०३ विद्यार्थी अध्ययन गरिरहेका छन् । यो कलेजमा यसवर्षदेखि कम्प्युटर इञ्जिनियरिङ समेत शुरू भएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर २०६५ सालमाखुलेको ख्वप कलेज अफ इञ्जिनियरिङमा स्नातक तहको सिभिल, इलेक्ट्रिकल र कम्प्युटर इञ्जिनियरिङको पढाइ हुन्छ । यो कलेजमा अहिले ६४ जिल्लाका ६२३ विद्यार्थी अध्ययनरत छन् । यस कलेजबाट विगत १० वर्षमा ६८५ जनाले आफ्नो पढाइ पूरा गरिसके ।“शुरूमा सातै शैक्षिक संस्थाकोपूर्वाधार नगरपालिकाले बनाएको हो” प्रजापति भन्छन्, “सबै संस्थालाई २०६५ सालसम्म नगरपालिकाले खर्च बेहोर्ने गरेको थियो । पछिल्लो समय कलेजकै आम्दानीले सञ्चालन भइरहेको छ ।थप पूर्वाधार बनाउन समक्ष भएको छ ।अब नगरपालिकाले खर्च गर्नु पर्दैन ।”

भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप माविमा प्रयोगात्मक कक्षामा सहभागी विद्यार्थी ।

सात वटै संस्थाले वार्षिक संचालन खर्च रु.४१ करोडआफैं जुटाउँछन् ।स्वास्थ्यमा बाहेक अब शिक्षामा नगरपालिकाले लगानी गर्नु नपर्ने उनले बताए ।“भौतिक पूर्वाधारमा खर्च भइरहेकोले कलेजको आम्दानी नगरपालिकामा ल्याउन सकिएको छैन” मेयर प्रजापति भन्छन्, “कलेजको आम्दानी राम्रो भयो भने अबनगरको विकास निर्माणमा पनि खर्च गर्न सकिन्छ ।”

ख्वप कलेजमा व्यवस्थापन र मानविकी संकायका विभिन्न विषयमा स्नातकोत्तर तहसम्म पढाइ हुन्छ ।प्राचार्य रूपक जोशीका अनुसार अहिले यहाँ १३०० विद्यार्थी अध्ययनरत् छन् ।सहुलियतपूर्ण शुल्कमा स्तरीय शिक्षा प्रदान गर्ने सात वटै कलेजलाई बन्द हड्तालले कहिल्यै असर गर्दैन ।प्राचार्य जोशीका अनुसार,दक्ष र जिम्मेवार शिक्षक र कुशल कर्मचारीसँगै पर्याप्त पुस्तकसहितको पुस्तकालय र सुविधासम्पन्न प्रयोगशाला भएकोले यहाँ अधिकांश सार्वजनिक विदाहरूमा पनि पढाइ भइरहेको हुन्छ ।

भाडाको भवनमा स्थापना भएको ख्वप कलेज अहिले नगरपालिकाबाट उपलब्ध जग्गामा निर्मित आफ्नै भवनमा सञ्चालित छ । ख्वप कलेज र ख्वप इञ्जिनियरिङ कलेजमा चित्रकला, ज्योतिषशास्त्र तथा नक्षत्र विज्ञानको कक्षा सञ्चालन गर्ने तयारीमा नगरपालिका छ ।

२०५६ सालमा स्थापना भएको ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को नर्सिङ र सिभिल इञ्जिनियरिङ पढाइहुन्छ ।यो शिक्षालयमा अहिले २८०विद्यार्थी छन् । अन्यत्र महँगो शुल्क लिएको भन्दै विरोध भइरहँदा संस्थानमा रु.२ लाख ४० हजारमा तीनवर्षे डिप्लोमा सिभिल इञ्जिनियरिङ अध्ययन गर्न सकिन्छ । नर्सिङ पनि सीटीईभीटीले तोकेकै शुल्कमा पढ्न पाइन्छ ।

यसबाहेक शारदा मावि र शारदा कलेज पनि नगरपालिकाले सञ्चालन गर्दै आएको छ । शिक्षामा नगरपालिकाले लिएको अग्रसरता मन परेपछि व्यवस्थापन पक्षले तत्परता देखायो । त्यसपछिनिजी क्षेत्रबाट चलेका तत्कालीन शारदा उच्च मावि र शारदा कलेजलाई नगरपालिकाले आफ्नो स्वामित्वमा लिएको थियो ।

भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप माविमा प्रयोगात्मक कक्षामा सहभागी विद्यार्थी ।

नगरपालिकाले चलाएका शिक्षण संस्थाहरूमा अध्ययन गर्ने विद्यार्थी भक्तपुर नगरका मात्रै छैनन् ।नगर कार्यपालिका कार्यालयको अभिलेखअनुसार मनाङ बाहेक देशभरका ७६ जिल्लाका विद्यार्थीले नगरपालिकाद्वारा सञ्चालित स्कूल तथा कलेजहरूमा अध्ययन गरेका छन् । आफ्ना विद्यालयमा पढ्ने विद्यार्थीलाई समय अनुसार योग्य र प्रतिस्पर्धी बनाउन नेपाली, अंग्रेजी, विज्ञान र गणित विषयमा विशेष तालिमको व्यवस्था गर्ने नीति नगरपालिकाले अवलम्बन गरेको छ ।

सात शिक्षण संस्थाको सफलतापछि नगरपालिकाले अब आफ्नो मातहतमा आएका ३५ सामुदायिक विद्यालय सुुधारको अभियान समेत थालेको छ । आफ्नो नगर क्षेत्रमा रहेका विद्यालयका शिक्षकलाई तालिम दिन थालेको छ । केन्द्रीय सरकारले पठाएको तलब भत्ता सहितको रु.२४ करोड ७ लाख ४४ हजार अनुदानलाई सदुपयोग गर्ने योजना नगरपालिकाले अघि सारेको छ । सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न यसमा नगरपालिकालेरु.१ करोड थप गर्ने योजना बनाएको छ ।

‘ख्वप’ अर्थात् भक्तपुर

भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेका सात शैक्षिक संस्थाहरू रातारात प्रकट भएका होइनन् । यी संस्था स्थापनामा दुई दशक लामो कथा जोडिएको छ । २०५४ सालमा स्थानीय निर्वाचनमा प्रेम सुवालले शिक्षा र स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने घोषणापत्रका साथ चुनाव जितेका थिए ।

चुनाव जित्नु सुवालका लागि सफलता मात्र नभई कर्मको प्रवेशपरीक्षा पनि थियो । घोषणापत्रमा लेखिएका प्रतिबद्धताहरू पूरा गर्नुपर्ने काम चुनौतीपूर्ण थियो ।एउटा उदाहरण असहज यातायात व्यवस्थाबीचएसएलसी उत्तीर्ण गरेका विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि काठमाडौं वा ललितपुर जिल्लाका कलेजहरू धाउनुपर्ने बाध्यता थियो ।

भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप माविमा प्रयोगात्मक कक्षामा सहभागी विद्यार्थी ।

सुवाल नेतृत्वको नगरपालिका बोर्डले निर्वाचित भएको दुई वर्षपछि ३२ असार २०५६ सालमा कक्षा ११ र १२ को पढाइ तुरुन्तै सञ्चालन गर्न तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्बाट सम्बन्धन लिने निर्णय ग¥यो ।त्यसबेला स्थानीय निकायले कलेज सञ्चालन गर्न सक्छ भन्ने कल्पना समेत गरिंदैनथ्यो । सरकारी अधिकारीहरूको सोचाइ पनि त्योभन्दा फरक थिएन ।

सम्बन्धनमाग्दै परिषद्मा पुगेको नगरपालिकाको प्रतिनिधि मण्डललाई परिषद् पदाधिकारीले व्यक्तिको नाममा कलेजको सम्बन्धन लिन सुझाए पनि नगरपालिकाले त्यसो गर्न मानेन ।आवेदनको साथमा नगरवासीहरूको जनश्रमदान समेत जुटाएर कलेज भवन बनाइसकेको प्रमाण पेश गरेपछि परिषद्ले कलेज सञ्चालन गर्न अनुमति दिएको थियो ।

नगरपालिकाले खोलेको त्यो पहिलो शिक्षण संस्थाख्वप मावि थियो ।नेवारी नाम ‘ख्वप’ को अर्थ भक्तपुर हो ।कलेज खोल्दा२०५८ सालमा नगरपालिकाले १५ वर्षभित्रमा नगरका प्रत्येक घरमा कम्तीमा स्नातक तहसम्म अध्ययन गरेको एकजना व्यक्ति हुनुपर्ने लक्ष्यका साथ ‘एक घर, एक स्नातक’ अभियानको थालनी गरेको थियो ।जुन लगभग पूरा हुने अवस्थामा पुगेको नगरकार्यपालिकाको दाबी छ ।

ख्वप कलेज स्थापनाको दुई वर्षपछि नगरपालिकालाई १२ कक्षा उत्तीर्ण भएका विद्यार्थीलाई पढाउने स्नातक क्याम्पसको खाँचो प¥यो । २०५८ सालमा खुलेका ख्वप कलेज र ख्वप इञ्जिनियरिङ कलेज त्यसैका उपज थिए । यी दुई कलेजलाई क्रमशः त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिए । पहिलो ब्याचका विद्यार्थीले इञ्जिनियरिङमा स्नातक तह उत्तीर्ण गर्दासम्मख्वप इञ्जिनियरिङ कलेजले स्नातकोत्तर तहको पनि अनुमति लिएर कक्षा सञ्चालन थाल्यो ।

यी दुई कलेजले भक्तपुरका विद्यार्थीलाई उच्च शिक्षाको लागि अन्यत्र जानुपर्ने बाध्यतामा बिराम लगाए । सँगै देशका सबैजसो जिल्लाबाट आएका विद्यार्थीलाई पनि मौका दिए । भिन्नाभिन्नै दुई विश्वविद्यालयहरूबाट सम्बन्धन पाएका यी दुई कलेज एउटै कम्पाउन्डमा भए पनि प्रशासन भने फरक छ । 

भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप माविमा प्रयोगात्मक कक्षामा सहभागी विद्यार्थी ।

दुवै इञ्जिनियरिङ कलेज, ख्वप बहु प्राविधिक अध्ययन संस्थानखोल्न योगदान दिएर इञ्जिनियर राजन सुवालले भक्तपुरवासीलाई गुन लगाएका छन् ।एकताका उनी शारदा कलेज बाहेक सबैको प्रिन्सिपल समेत थिए ।उनले नेतृत्व लिएकै बेला ख्वप इञ्जिनियरिङ कलेजबाट मुलुकमै पहिलो पटक स्नातकोत्तरमा आर्किटेक्चर इञ्जिनियरिङको पढाइ समेत शुरू गरे ।१२ वैशाख २०७२ सालकोभूकम्पले गरेको ठूलो भौतिक र मानवीय नोक्सानीमाइञ्जिनियरिङ क्षेत्र पनि जिम्मेवार रहेकोले यसलाई समेत जवाफदेही बनाउनुपर्छ भनेर तर्क राख्ने निर्माण क्षेत्रका थोरै विज्ञमा पर्छन्, राजन ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ लागू भएपछि नगरपालिकाले विद्यालय तहको १ देखि ६ कक्षासम्मका लागि स्थानीय पाठ्यक्रम तयार पारेको छ । भक्तपुरको इतिहास, भूगोल, कला–संस्कृति, सम्पदा, खेलकुद लगायतका विषय समेटिएको पाठ्यक्रमनया“ पुस्तालाई भक्तपुरबारे सिक्न सहयोगी हुने नगरप्रमुख प्रजापतिले बताए ।उनका अनुसार, अर्को वर्षदेखि ८ कक्षासम्मका लागि स्थानीय पाठ्यक्रम लागू गर्ने नगरपालिकाको लक्ष्य छ ।

त्यसबाहेक सामुदायिक विद्यालयको गुणस्तर सुधार्न नगरपालिकाले यो वर्षदेखि मन्टेसरी सिकाइ पद्धति लागू गरेको छ । त्यसअघि नगरक्षेत्रका सामुदायिक विद्यालयमा कार्यरतशिक्षकलाई तालिम दिइएको थियो । तालिमबाट कक्षामा सुधार आए÷नआएको निगरानीका लागि नगरपालिकाले ६ महीनासम्म अनुगमन गर्नेछ ।

नगरप्रमुख प्रजापतिका अनुसार नगरका गरीब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर रु.५ लाखसम्म ऋण दिन चालू आर्थिक वर्षका लागि नगरपालिकाले रु.१ करोड ५५ लाख छुट्याएको छ । ऋण लगानीको कार्यविधि तयार भइरहेको उनले बताए ।

भक्तपुर नगरपालिका अब विश्वविद्यालय खोल्ने तयारीमा छ । ख्वप विश्वविद्यालय विधेयक सरकारले दुई वर्षअघि संसदमा पेश गरेको थियो । बेलैमा छलफल नहुँदा संसद विघटनसँगै त्यो विधेयक निष्क्रिय हुन पुग्यो ।मेडिकल शिक्षा बाहेक कला, संस्कृति, विज्ञान, कानून, कृषि, अर्थशास्त्र, प्रविधि तथा व्यावसायिक विषयमा अध्ययन, अध्यापन तथा अनुसन्धानका लागि ख्वप विश्वविद्यालयको स्थापना गर्न खोजिएको हो । नगरपालिकाले विश्वविद्यालय तयारी कार्यदल गठन गर्नयो वर्ष रु.१० लाख बजेट पनि छुट्याएको छ ।

‘राम्रो छ तर एकलौटी छ’ : विपक्षी

भक्तपुर नगरपालिकाले अन्य स्थानीय सरकारको जस्तो आर्थिक स्रोत कहाँबाट जुटाउने भन्ने चिन्ता गर्नु पर्दैन । भक्तपुर घुम्न आउने विदेशी पर्यटकबाट मात्रै बार्षिक २५ करोड रुपैयाँ भन्दा बढी राजश्व उठ्छ । भौगोलिक रुपमा विकट छैन । नगरपालिकाले प्राथमिकता दिएको क्षेत्रमा चाहेजति खर्च गर्न सक्छ ।

भक्तपुर नगरपालिकाको लगानीमा बनेको ख्वप इन्जिनियरिङ कलेज ।

अन्य स्थानीय निकायले वर्षौंसम्म कर्मचारीको भरमा चलाए । तर, भक्तपुर नगरपालिका भने पूर्व जनप्रतिनिधिको निगरानीमै थियो ।“निर्वाचन नभएसम्म पूर्व जनप्रतिनिधिले निर्वाचित जनप्रतिनिधिकै हैसियतले काम गर्ने निर्देशन थियो” मेयर प्रजापति भन्छन्, “पार्टीले जुन विषयलाई प्राथमिकता दिएको थियो, त्यसले निरन्तरता पाइरह्यो । त्यसैले शिक्षा र स्वास्थ्यमा हामी अगाडि भयौं ।” भक्तपुर नगरपालिकामा नेपाल मजदूर किसान पार्टी बाहेक अन्य पार्टीको प्रतिनिधित्व शून्य छ । उसले जे ग¥यो, त्यसको विरोध गर्ने कोही पनि छैनन् ।

नगरपालिकाको नेतृत्व गर्ने नेमकिपाले अरू पार्टीका अस्तित्व स्वीकार नगर्ने समस्या रहेको विपक्षीहरूको आरोपछ । नेकपाका भक्तपुर नगर संयोजक बालमुकुन्द सुवाल भन्छन्, “विकास हुनु राम्रो हो तर नगरको विकास नेमकिपाकै आम्दानीबाट गरेजस्तो गर्नु भएन”, सुवालका भनाइमा,“न विगतमा हामीसँग सहकार्य भयो, न अहिले भइरहेकोछ । सब एकलौटी छ ।”

नेपाली कांग्रेसबाट प्रदेश सभा उम्मेदवार रहेका नगर समितिका पूर्व सचिव अनिल भुजु पनि सुवालको जस्तै विचार राख्छन् ।“शिक्षा र स्वास्थ्यमा राम्रो गरेको छ । त्यसमा हाम्रो आपत्ति छैन” भुजु भन्छन्, “नगरवासीको करबाट भएको काममा एउटै पार्टीको मात्रै हालीमुुहाली किन ? अरूको विचार र अस्तित्व पनि स्वीकार गर्न सक्नुपर्छ ।”

(पत्रकार श्रेष्ठले यो रिपोर्ट खोज पत्रकारिता केन्द्रका लागि तयार पारेका हुन्)

प्रकाशित मिति: सोमबार, भदौ २५, २०७५  ०८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्