• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

चुरोट–सुर्तीको लत छुटाउने १० उपाय

64x64
नेपाल लाइभ सोमबार, भदौ २५, २०७५  ०७:१७
1140x725

चुरोट, बिँडी, सिगार, तमाखु, कक्कड, सुल्पाजस्ता धुँवा तान्ने तथा सुर्ती, जर्दा, पान, नस, गुट्खा जस्ता धुँवारहित रुपमा सेवन गर्ने सुर्तीजन्य पदार्थमा लत लगाउने रसायन निकोटिन हुन्छ। यसले क्षणिक रुपमा जाँगर जगाइराख्ने, मन स्थिर राख्ने, रिस घटाउने, तौल घटाउनेजस्ता केही भ्रामक असरहरु देखाउँछ। स्नायुकोष र विविध अवयवमा असर पारेर सेवनसँगै चाँडै यसले बढी मात्राको सेवन गर्नुपर्ने, तलतल लाग्ने, सेवन छोड्दा छटपटी हुने र थप सेवन गर्न वाध्य पार्ने जस्ता दुर्व्यसनका लक्षण पैदा गर्छ।

निकोटिनका साथमा यी पदार्थमा अरु सयौँ हानीकारक रसायनहरु (जस्तैः टार, एमोनिया, आर्सेनिक, कार्बनमोनोअक्साइड आदि) हुन्छन्। ३० प्रतिशतभन्दा बढी क्यान्सर यसमा हुने ‘बेन्जोपाइरिन’जस्ता क्यान्सर कारक रसायनले हुने देखिएकोछ। फोक्सो, मुख, पेट, घाँटी, पिसावथैली, मिर्गौला, कलेजो, प्यांक्रियाज र अरु धेरैखालका क्यान्सर सुर्तीजन्य पदार्थको सेवनका कारण हुन्छ। निमोनिया, ब्रोन्काइटिस, दम र श्वासप्रश्वासका रोगहरु; मुटु र रक्तनलीका रोगहरु; नशा रोगहरु र अरु धेरै स्वास्थ्य समस्या निम्त्याएर यसले आयु घटाउँछ। क्षयरोग, पाठेघरको क्यान्सर, मोतीविन्दु जस्ता धेरै स्वास्थ्य समस्यासँग सुर्तीजन्य पदार्थको सम्बन्ध देखिएको छ।

महिलाले गर्ने सुर्तीजन्य पदार्थको सेवनले शिशुको तौल कम हुने, मानसिक र शारिरीक विकासमा असर पर्ने तथा अरुको सेवनले परिवारजनलाई पनि गम्भीर असर पर्ने देखिएको छ। उदासिन, छटपटी, पागलपन, मद्यपान र अन्य नशालु पदार्थको दुर्व्यसनसहित मानसिक समस्याहरुसँग पनि यसको सम्बन्ध गाँसिएको छ। छटपटी, पीडा वा तनाव घटाउन चुरोट पिउनाले पछि छाड्न नसक्ने र छटपटी अरु बढ्ने गर्छ।

धेरै मानिसमा अरु नशाको लत सुर्तीजन्य पदार्थको सेवनबाट सुरु हुन्छ। विश्वमा करिब एक अर्ब मानिस सुर्ती–चुरोटको सेवन गर्छन् र यसकै कारण प्रतिवर्ष ६० लाख मानिसको मृत्यु हुन्छ। यसको गम्भीर र व्यापक प्रयोगका कारण हुने विविध स्वास्थ्य समस्या, बिकलांग र मृत्युबाट पर्ने आर्थिक हानी र व्यय आदिको यथार्थपरक विश्लेषणबाट यो मानव जातिको सबैभन्दा खतरनाक स्वास्थ्यनासक र विकासको बाधक भएको पुष्टि हुन्छ। सन् २०१७, मे ३१ को ‘विश्व धूमपान रहित दिवस’ले यही सन्देस दिएको छ। 

व्यक्ति, परिवार, समाज सबै सुसूचित र सचेत भएर यो समस्या रोकथाम गर्ने, उपचार गर्ने र यसका असर कम गर्नेतिर लाग्न जरुरी छ। यसको प्रयोग र समस्या हुन नदिन जनचेतना जगाउनुपर्छ। कर बढाउने, विज्ञापनमा रोक लगाउने, निश्चित ठाउँमा मात्र बिक्री–वितरण र धूमपान गर्ने कानुन लागू गर्नुपर्छ। सुर्तीजन्य पदार्थकोसेवन गर्दै नगर्ने, गर्नेहरुको संगतबाट विशेषतः बच्चालाई टाढा राख्ने, बालबालिकाको अगाडि अभिभावकले सेवन नगर्ने, उनीहरुलाई सुर्तीजन्य पदार्थको बिक्रि–वितरण नगर्ने र सल्काउन पनि नलगाउने। सुर्तीको सट्टा अरु खेती गर्न प्रोत्साहन गर्ने। यसका बेफाइदाबारे जानकारी र चित्र बट्टा वा र्यापर्समा प्रभावकारी रुपमा राख्ने, यसको उत्पादन र प्रयोगलाई सामाजिक र कानुनी रुपमै निरुत्साहित पार्ने जस्ता अभियान जरुरत छ।

सरकारले रोकथामका प्रभावकारी उपायहरु कार्यान्वयनमा ल्याउनुका साथै यसबाट सिर्जित समस्या व्यवस्थापन, उपचार सेवामा पनि ध्यान दिनुपर्छ। यसको प्रयोग र समस्या व्यापक भएकाले उपचार–व्यवस्थापन अर्को महत्वपूर्ण पक्ष हो। निकोटिनको दुर्व्यसनजन्य र अरु भ्रामक असर, सेवनकर्तामा रहेका मनोसामाजिक र जैविक जोखिम र यसको उपलव्धता, सामाजिक स्वीकृति आदि कारणलाई ध्यानमा राखी यो समस्याको निदान, विश्लेषण र उपचार खोजिनुपर्छ। सुर्तीजन्य पदार्थको सेवनलाई बढावा दिनमा यस्ता कारक तत्वहरु यति सबल हुन्छन् कि त्यसलाई तोड्न धेरैलाई गाह्रो पर्छ। यिनै तत्वहरु ध्यानमा राखेर हरेक व्यक्तिको समस्याको प्रकृति, गम्भीरता र जटिलता तय हुन्छ। त्यसकै आधारमा सुहाउँदो उपचार पद्धति अबलम्बन गर्दा फलदायी हुनेगर्छ। यहाँ, निकोटिनको लत छुटाउन सहयोगी हुने केही उपायहरु सुझाइएको छ।

१. जानकारीः अम्मलीहरुले सबभन्दा पहिले यसबाट के–कस्ता असर हुन्छन्, यसको लत छुटाउने विधिहरु के–कस्ता छन् भन्नेबारेमा जानकारी लिनुपर्छ। भरपर्दा लेख, पुस्तक, साइटहरुको अध्ययन गर्न/गराउन र जानकारको सहायता लिन सकिन्छ।

२. उत्साहः नकारात्मक असर बुझ्दाबुझ्दै पनि धेरै मानिस सुर्तीजन्य पदार्थको सेवन गरिरहेका हुन्छन्। यो अम्मल छाड्ने कुरामा व्यक्ति, परिवारजन, साथीभाई, सहकर्मी, चिकित्सक सबैले महत्वका साथ उत्साह जगाउनुपर्ने हुन्छ। प्रायः मानिसले लत छुटाउन पहिले पनि कोसिस गरिसकेका हुन्छन्, तर पनि हरेक पल्ट नयाँ तरिका, उत्साह, उमङ्ग र जोसका साथ यो प्रयासमा लागिरहन जरुरी हुन्छ। जुनसुकै बहाना, कारण र परिस्थितिमा यसको सेवन छाड्ने कोसिस हुनु र छाड्नुलाई सकारात्मक रुपमा लिन सकिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

३. साथ–सहयोगः यसमा परिवार, साथीभाइ, सहकर्मी सबैले आवश्यक जानकारी, सरसल्लाह र अरु सहयोग जुटाउनुपर्छ।  

४. सेवन छाड्ने मितिः विशेष अवसर, पवित्र दिवस पारेर सार्वजनिक बनाएर शुभचिन्तकहरुलाई खुशीका साथ आफ्नो योजना भन्ने गर्दा फाइदा हुन्छ। क्रमशः यसको सेवन, मात्रा कम गर्दै लगेर निश्चित दिनमा तयारीका साथ छोड्ने वा एक्कासी चट्टै छाड्ने हो जसरी अनुकूल हुन्छ गर्न सकिन्छ।

५. निगरानी र फलोअपः सुरुका दिनमा फेरि सेवन हुने डर भएकाले आफन्त र संलग्न चिकित्सकले बेलाबेला फलोअप गर्नु/गराउनु राम्रो हुन्छ। यस्तो फलोअपमा व्यक्तिको अम्मल छाड्ने उत्साह, उमङ्ग र साहस अभिवृद्धि हुने खालका कुराकानी र परामर्श दिनुपर्छ।

६. चिकित्सा सेवाः कारक तत्वहरुको पहिचान गरी उपयुक्त विधिको चयन गर्न, यसबारे रहेका खुल्दुली मेट्न र पुनः प्रयोग गरिने उच्च खतराका स्थितिहरु चिनेर अपनाउन सकिने उपायबारे जानकारी लिन दक्ष चिकित्सकको सल्लाह उपयोगी हुनेगर्छ। अरु शारिरीक वा मानसिक समस्याहरु पनि छन् भने उपचार गर्न जरुरी हुन्छ। यसले निकोटिनको अम्मल छाड्न पनि सहायता पुग्छ।

Xtrem

Xtrem

७. व्यावहारिक तरिकाहरुः यस्ता पदार्थ खल्तीमा बोकेर हिँड्न, सजिलै पाउनेगरी आँखा अगाडि राख्न छाड्नुपर्छ। बिहान उठ्नासाथ, खाना खानासाथ वा प्रायः तलतल लाग्ने अरु समयमा अन्य कुरामा मन भुलाउने उपाय खोज्नुपर्छ। शारिरीक व्यायाम, खेलकुद, प्रार्थना, योग, ‘जगङि’ आदि गर्न सकिन्छ। प्रसस्त झोल कुरा, सागसब्जी, मनपर्ने र पोषक खानाको सेवन पनि आवश्यक हुन्छ। यौटा अम्मल छाड्न अर्को नशाको सहारा लिनु श्रेयस्कर हुँदैन । हुँदै भएन भने, आरामले होइन चाँड्चाँडो चुरोटको सर्को तानेर सिध्याउनुपर्छ ताकि मजा होइन वाक्वाकी र नरमाइलो लागोस्। यसको सेवनतिर धकेल्ने परिस्थितिहरु (जस्तैः साथीभाई, जमघट, नियमित सेवन गर्ने स्थान आदि) बाट बच्ने उपाय अपनाउनुपर्छ। यस्तो बेला अम्मल त्याग्ने आफ्नो दृढ इच्छा शक्ति र प्रणलाई बलियो बनाइराख्नुपर्छ।

८. मनोसामाजिक पहुँचः विभिन्न मनोवैज्ञानिक विधिहरुमा यस्ता अम्मलदेखि टाढिन, खतराजन्य परिस्थितिहरु सामना गर्न र मनमा सकारात्मक विचार बनाइराख्न सघाइन्छ।

९. औषधि–उपचारः निकोटिनका विविध औषधिहरु (गम, लोजेङ, प्याच, स्प्रे, इन्हेलर) पाइन्छन्। निश्चित अवधिका लागि यिनको प्रयोग गर्दा यो अम्मल छाड्न सरल र सफल हुने देखिन्छ। शरीरमा निकोटिन विस्थापन गर्ने यी औषधिबाहेक यसको तलतल र यसको प्रयोग छाड्दा हुने छटपटी आदिमा फाइदा हुने अरु औषधिहरु पनि उपलब्ध छन्।

१०. वैकल्पिक उपचारः ई–सिगरेट, जडिबुटी, अकुपञ्चर, लेजर, सम्मोहनजस्ता विविध वैकल्पिक विधिहरुको प्रभावकारिताबारे अध्ययन जारी छ। विविध उपचार प्याकेज र विधिहरु पनि प्रचलनमा आएकाछन्।

(डा. शाक्य वरिष्ठ स्नायु, दुर्व्यसन तथा मनोरोग विशेषज्ञ हुन्)

प्रकाशित मिति: सोमबार, भदौ २५, २०७५  ०७:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संसद् बैठकमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाले बनायो समूहगत तालिका
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
संसद् बैठकमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाले बनायो समूहगत तालिका बिहीबार, असोज ८, २०८३
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश बिहीबार, असोज ८, २०८३
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने बिहीबार, असोज ८, २०८३
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ? बिहीबार, असोज ८, २०८३
मंसीर पहिलाे साता प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण जाने तयारी बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्