एजेन्सी- इंग्लिस क्लब लिभरपुलका स्ट्राइकर लुइस डियाचका बाबुआमा अपहरणमा परेका छन्। कोलम्बियाका डियाचको बाबुआमा अपहरणमा परेपछि अहिले ब्याप खोजी गरिएको छ।
ठूलो संख्यामा आर्मी र प्रहरीले डियाचका बाबुको खोजी जारी राखेको बिबिसीले उल्लेख गरेको छ। डियाचका बाबुको अवस्था बारे सूचना दिनेलाई ४० हजार पाउण्ड अर्थात ६४ लाख ५६ हजार ६४२ रुपैयाँ इनाम दिने घोषणा गरिएको छ।
१२० जनाभन्दा आर्मी र ठूलो संख्यामा कोलम्बियन प्रहरीले आइतबार डियाचका बाबु लुइस म्यानुएल डियाचको खोजी गरेका थिए। उनीहरुले उत्तरी कोलम्बियामा खोजी गरे पनि अवस्था पत्ता लाग्न सकेको छैन। एक सशस्त्र समूहले डियाचका बाबुआमालाई अपहरण गरेर लगेको बताइएको छ।
गत शनिबार मात्रै डियाचकी आमा सिलेनिस मारलाण्डामा ब्यारान्कासमा भेटिएकी थिइन्। त्यसपछि उनको अवस्था अज्ञात छ।
बाबुआमा अपहरणमा परेपछि गत आइतबार नटिङ्हम फरेस्टसँगको खेलमा डियाच अनुपस्थित भएका थिए।
सेनाले संकास्पद ठाउँहरुमा विभिन्न अवरोध खडा गर्दै विमान, हेलिकप्टर र राडरसहितको टोली परिचालन गरेर ब्यापक खोजी गरिहरेको छ। कोलम्बियाका अधिकारीहरुले औपचारिक रुपमा डियाचका बाबुआमा अपरहणबारे केही बोलेका छैनन्। तर स्थानीय मिडियाहरुले भने अपहरणमा परेको भन्दै खबरहरु सार्वजनिक गरिरहेका छन्। डियाचका बाबुआमालाई उत्तरी क्षेत्र ला–गुआजिरामा उनीहरुको गृहनगरबाट ब्यारान्कासको ग्यास स्टेशनसम्म मोटरसाइकलमा सशस्त्र व्यक्तिहरुले लगेको बताइएको छ।
त्यसपछि उनीहरुलाई कता लगियो अहिलेसम्म केही खुल्न सकेको छैन। अपहरणमा परेको खबर सार्वजनिक भएपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले इन्टाग्राममा लेखेका छन्, ‘फिफा र विश्व फुटबल समुदायको तर्फबाट म यस कठिन समयमा लुइस डियाच, उनको परिवार र उनका साथीहरुका लागि शुभखबरका लागि प्रार्थना गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।