एजेन्सी– मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा आँधी ओटिसका कारण कम्तिमा २७ जनाको मृत्यु भएको छ भने सयौं जना बेपत्ता भएका छन्।
ओटिस आँधीले गुरेरोमा ठूलो मानवीय र भौतिक क्षति गरेको छ। हजारौं सांस्कृतिक संरचनाहरु ध्वस्त बनाएको बताइएको छ।
घरका छाना र झ्यालहरु उडाएको र सडकमा बाढी आएको बताइएको छ। मेक्सिकोको बन्दरगाह शहर अकापुल्को र वरपरका समुदायहरुम रुखहरु र बिजुलीका खम्बाहरु ढालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।