एजेन्सी– संयुक्त राष्ट्र संघको महासभाले गाजामा मानवीय युद्धविरामको लागि आह्वान गर्ने प्रस्ताव पारित गरेको छ।
प्रस्तावले तत्काल मानवीय युद्धविरामको लागि आह्वान गरेको छ। नागरिकको संरक्षण, कर्मचारी र सुविधाहरूको सुरक्षा, र गैरकानुनी रूपमा बन्दी बनाइएका सबै नागरिकहरूको तत्काल बिना शर्त रिहाई गर्नेकुरा समावेश छ।
प्रस्तावको पक्षमा १२० मत, विपक्षमा १४ मत र ४५ देश अनुपस्थित भएका थिए। मस्यौदा प्रस्तावको विपक्षमा मतदान गर्ने देशहरूमा अस्ट्रिया, क्रोएसिया, चेक गणतन्त्र, फिजी, ग्वाटेमाला, हंगेरी, इजरायल, मार्शल टापु, माइक्रोनेसिया, नाउरु, पपुवान्युगिनी, पाराग्वे, टोंगा र संयुक्त राज्य अमेरिका छन्।
गाजापट्टीमा लडाइँ तीब्र बन्दै गएपछि यो प्रस्ताव आएको हो। गाजामा प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूकाअनुसार युद्ध सुरु भएदेखि ७ हजार ३२६ प्यालेस्टाइनी मारिएका छन्। १४ सय भन्दा बढी इजरायलीहरू मारिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।